आर्थिक

नेप्सेमा ३२ करोडको कारोबार

- रेडियो कान्तिपुर, काठमाडौं

शेयर कारोबार मापक नेप्से परिसूचकमा आज सामान्य अंकले सुधार देखिएको छ । नेप्से आज ६ दशमलव ७७ अंकले बढेर १ हजार २ सय १७ दशमलव ६५ अंकमा पुगेको छ । नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । कारोबार रकम हिजोको भन्दा ६ करोड रुपैयाँ बढी हो ।

कारोबार भएका ११ कम्पनी समूह मध्ये वित्त र निर्जीवन बीमा कम्पनी समूहको उपसूचकमा गिरावट आएको छ । निर्जीवन बीमा कम्पनी समूहको उपसुचक ६५ दशमलव २८ र वित्त कम्पनी समूहको उपसूचक शुन्य दशमलव २६ अंकले घटेको छ ।

यस्तै, होटल समूहको ४९ दशमलव ४८, उत्पादनमूलक कम्पनी समूहको उपसूचक २४ दशमलव ७ अंकले बढेको छ ।

नेप्सेमा आज १ सय ६२ कम्पनीका ४ हजार १ सय ७० कारोबारबाट ११ लाख १३ हजार २ सय ३१ कित्ता शेयर किनबेच भए । जसअन्तर्गत, ३३ करोड ४२ लाख ५५ हजार ६ सय २३ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज सबैभन्दा बढी एनआइसी एसिया बैंले कारोबार गरेको छ । 

 

प्रकाशित: भाद्र २६, २०७५