राष्ट्रिय

संविधान दिवसको बिरोध गर्न राजपाको केन्द्रीय सकूर्लर

- अजित तिवारी, जनकपुर
– संघिय सरकारलाई समर्थन र प्रदेश २ मा आफ्नै सरकार बनाएको मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी राजपाले संविधान दिवसको विरोधमा विभिन्न कार्यक्रम घोषणा गरेको छ । राजपाले असोज ३ गते संविधान दिवसको दिन बिरोध प्रदर्शन र बिरोध सभा, साँझ ७ बजे ब्ल्याक आउट र विरोधका अन्य कार्यक्रम तय गर्ने अधिकार दिदैं आफ्ना सबै जिल्ला कमिटीलाई आज पत्राचार गरेको छ । 
 
संविधानलाई टेकेर तीन तहको निर्वाचनमा सहभागि भएको राजपाको प्रदेश २ मा गठबन्धनको सरकार छ । संघिय समाजवादी फोरमसंग मिलेर उसले प्रदेश २ मा सरकार बनाएको छ । राजपाले संघिय सरकारलाई पनि समर्थन गरेको छ । हिजो र आज दुई दिन बसेको राजपाको अध्यक्ष मण्डलको बैठक गरेको ११ बुँदे निर्णय लेखिएको सर्कूलर जिल्ला कमिटीलाई पठाइएको छ ।
राजपाले संविधान जारी भएको असोज ३ गतेलाई यसअघि कालो दिवस भनेर मनाउने गरेको थियो । यस पटक भने विरोध दिवस भनेको छ । 
प्रकाशित: भाद्र २६, २०७५