राष्ट्रिय

यथेष्ठ प्रमाण नभेटिएको भन्दै बालिका बलात्कार घटनाका आरोपीत विष्ट रिहा

बम दिदीबहिनी पनि छुटे

काठमाडौं

– कञ्चनपुरकी १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका दिलिपसिंह विष्ट साधारण तारेखमा रिहा भएका छन् । डीएनए रिपोर्ट नेगेटिभ आएपछि विष्टविरुद्द मुद्दा चलाउने यथेष्ठ प्रमाण नभेटिएको भन्दै जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवी र स्थानीय प्रहरीको टोलीले विष्टलाई घटनाको मुख्य अभियुक्तका रुपमा गत भदौ ४ गते सार्वजनिक गरेको थियो ।

मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएका व्यक्तिलाई अभियुक्त बनाएको भन्दै स्थानीय/ प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउदै आन्दोलीत भएका थिए । बिष्टसँगै अनुसन्धानका लागि भदौ ९ गते पक्राउ परेका बम दिदीबहिनी रोशनी र बबिता पनि छुटेका छन् । जिल्ला अदालतले रोशनीलाई साधारण तारेखमा र बवितालाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको जिल्ला प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले जानकारी दिनुभयो ।

गत साउन १० गते साथी रोशनीको घर गएकी बालिकाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । 

 

प्रकाशित: भाद्र २६, २०७५