राष्ट्रिय

राहत शिक्षकलाई आन्दोलन फिर्ता लिन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं

– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा राहत अनुदानमा कार्यरत शिक्षकको आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव वैकुण्ठ अर्यालद्वारा जारी विज्ञप्तिमा निकट भविष्यमा संसदमा पेश हुने शिक्षा विधेयकले पनि राहत शिक्षकको माग सम्बोधन गर्ने भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरेर नियमित विद्यालय सञ्चालनको वातावरण बनाउन आग्रह गरिएको छ ।

राहत शिक्षक केन्द्रिय समितिले / सामुदायिक विद्यालयमा राहत अनुदानमा कार्यरत शिक्षकहरुको व्यवस्थापन, सेवा सुविधा लगायतका माग राख्दै आजदेखि ३ दिन पठनपाठन बन्द गर्ने समेतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । 

 

प्रकाशित: भाद्र २६, २०७५