आर्थिक

नेप्से १३ अंकले उकालो लाग्यो, ४३ करोडको कारोबार

- रेडियो कान्तिपुर, काठमाडौं

धितोपत्र बजारमा आज सुधार देखिएको छ । बजार परिसूचक नेप्से आज १३ दशमलव ६ अंकले बढेर १ हजार २ सय ३० दशमलव ७१ अंकमा पुगेको छ । नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । कारोबार रकम हिजो भन्दा १० करोड रुपैया बढी हो ।

नेप्सेमा आज कारोबार भएका १० कम्पनी समूह मध्ये होटल, वित्त र उत्पादन मूलक कम्पनी समूहको उपसूचकमा गिरावट आएको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय १३ दशमलव ५२ अंकले बढेको छ ।

यस्तै, होटल, वित्त र उत्पादनमूलक कम्पनी समूहको उपसूचक क्रमश : १ दशमलव ४१, २ दशमलव २३ र २ दशमलव ६८ अंकले घटेको छ । नेप्सेमा आज १ सय ६५ कम्पनीका चार हजार १ सय ७७ कारोबारबाट १३ लाख ९३ हजार ६ सय ४९ कित्ता शेयर किनबेच भए ।

जसअन्र्तगत, ४३ करोड २९ लाख ५७ हजार ६८ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज सबैभन्दा बढी एनआईसी एसिया बैंकले कारोबार गरेको छ । 

 

प्रकाशित: भाद्र २७, २०७५