Stories By 'अजित तिवारी'
चार दिनदेखि निरन्तर राति ठूलो वर्षा र दिनभरको झरीले प्रदेश २ को ८० प्रतिशत भू–भाग डुबानमा परेको छ । बाढीमा फसेका ९ जनालाई सशस्त्र प्रहरीले धनुषाको कमला खोला क्षेत्रबाट उद्दार गरेको छ । 
पूरा पढ्नुहोस्
स्थानीय तहमा पदपूर्तिका लागि लोकसेवा आयोगले करीब ९ हजार कर्मचारीको भर्ना प्रकृया थालेलगत्तै प्रदेश २ को सरकारले कडा प्रतिवाद गरे । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले भर्ना प्रकृया नरोके आयोगविरुद्ध मुद्दा मामिला गरिने धम्की समेत दिनु भएको थियो । तर, अहिले प्रदेश २ सरकार आफैले आजबाट जनकपुरमा लोकसेवा तयारी कक्षाको सञ्चालन गरेको छ ।
पूरा पढ्नुहोस्
प्रदेश २ सरकारले कक्षा १ देखि ८ सम्म अध्ययनरत्त छात्रालाई मासिक ५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने तयारी गरेको छ । प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले पर्सी आउने बजेटमा महिला शिक्षालाई प्रोत्साहन गर्न मासिक भत्ताको व्यवस्था गर्न लागिएको बताउनुभयो ।
पूरा पढ्नुहोस्
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव र वन, पर्यटन, वातावरण तथा उद्योग मन्त्रालयका सचिव बिद्यानाथ झाबीच भएको कुटपिटको बिरोधमा कर्मचारी आन्दोलित भएका छन् । प्रदेश मातहतका सबै मन्त्रालयका कर्मचारीले कालो पट्टी बाँधेर बिरोध गरेपछि दिनभर काम प्रभावित भयो ।
पूरा पढ्नुहोस्
धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । उनको शव आज अपराह्न घर नजिकै पुरिएको अवस्थामा फेला परेको हो । घटनामा संलग्न सोही स्थानका ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई प्रहरीले आज पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्
संघिय सरकारलाई समर्थन र प्रदेश २ मा आफ्नै सरकार बनाएको मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी राजपाले संविधान दिवसको विरोधमा विभिन्न कार्यक्रम घोषणा गरेको छ । राजपाले असोज ३ गते संविधान दिवसको दिन बिरोध प्रदर्शन र बिरोध सभा, साँझ ७ बजे ब्ल्याक आउट र विरोधका अन्य कार्यक्रम तय गर्ने अधिकार दिदैं आफ्ना सबै जिल्ला कमिटीलाई आज पत्राचार गरेको छ ।
पूरा पढ्नुहोस्