Stories By 'अनिश तिवारी'
सिन्धुपाल्चोकमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जुगल गाउँपालिकाको याङ्लाकोट, जलविरे हुँदै बाह्रबिसे तर्फ जाँदै गरेको टिप्पर भैंसे भन्ने स्थानमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बा ४ ख ९०१७ नम्बरको टिपर सडकमै पल्टिँदा दर्जनौ गम्भीर घाइते छन् ।
पूरा पढ्नुहोस्
मेलम्ची खानेपानीको बाँध निर्माणको लागि ल्याएको ३ सय ४० बोरा सिमेन्ट अन्यत्र बिक्री गरेको पाइएको छ । बाँध निर्माणका लागि ल्याइएको सिमेन्ट कर्मचारी र स्थानीयको मिलोमतोमा अन्यत्र बिक्री गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको हो ।
पूरा पढ्नुहोस्
यहाँ यस्तो कुनै परिवार छैन् जसको घरबाट कुनै सदस्य इराक नगएको होस् । अत्यधिक विदेशिने गाउँलेको रुपमा चिनिएको सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा ५ मार्मिङको अवस्था यस्तै छ । कामको खोजीमा यही लेकाली गाउँबाट जोखिम मोलेर अन्जानमै विदेशिनेको संख्या दिनहुँ बढ्दो छ ।
पूरा पढ्नुहोस्
कोदारी राजमार्ग अन्र्तगत सिन्धुपाल्चोकको डाक्लाङ खण्डमा माथिबाट आएको खोल्साले सडक खोलाले बगाउँदा यस क्षेत्रका सवारी साधन ठप्प भएका छन् । गएको सोमबार/बुधवार रातिको अविरल वर्षाको कारण विभिन्न स्थानमा सिरिसे, डाक्लाङ, झिर्पु लगायतका दर्जनौं स्थानमा पहिरो गएको छ । हप्तादिन अघि आएको अविरल वर्षाका कारण बढेको खोलाले सडकमा राखिएको स्लाप ढुंगा भत्किएर खसेको थियो ।
पूरा पढ्नुहोस्
सीमावर्ती तातोपानी नाका खुलाउनको लागि चीन स्वशासित क्षेत्र तिब्बतको सरकारी टोलीले सडक, सुख्खा बन्दरगाहदेखि सीमाको निरीक्षण गरेका छन् । नाका खोल्ने चासोका साथ आइतबार नेपाल–चीनका सरकारी प्रतिनिधिमण्डलले संयुुक्त रुपमा सीमा क्षेत्रको अवस्थाबारे निरीक्षण गरेका हुन् ।
पूरा पढ्नुहोस्
स्थानीय सरकारको एक वर्ष सिकाइमा बित्यो । जनतामा सेवा पुर्‍याउनुको सट्टा नगरदेखि गाउँपालिकाका अध्यक्ष/उपाअध्यक्ष देखि वडाध्यक्ष, सदस्यबीच विवाद भइरह्यो । सुन्दा अचम्म लाग्न सक्छ तर, जनतालाई न्याय दिने न्यायीक पालिकाकी संयोजक तथा उपप्रमुख आफै अन्याय परेकी छिन् । प्रसंग हो सुनकोसी गाउँपालिकाको ।
पूरा पढ्नुहोस्