Stories By 'अर्जुन राजवंशी'
भारतीय प्रकाशनको पाठ्यपुस्तक पढाउने झापा दमक नगरपालिका ६ स्थित सूर्योदय बोर्डिङ स्कूलमा युवा संघ नेपालले तालाबन्दी गरेको छ । विद्यालयले विद्यार्थीलाई हाम्रो देश भारत हो । नयाँ दिल्ली देशको राजधानी हो । भारतीय झण्डा हाम्रो मुलुकको राष्ट्रिय झण्डा हो भनि पढाउने गरेको थियो ।
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीले स्वार्थ बोकेर स्वाधिनताको कुरा गर्ने गरेको आरोप लगाउनु भएको छ । सिटौलाले प्रधानमन्त्री ओलीको राष्ट्रियताको कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट स्पष्ट भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले धोती लगाउँदैमा राष्ट्रियता नझल्किने टिप्पणी गर्नुभयो ।
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले नेपाली राजनीतिमा ‘संस्कार’ को खडेरी परेको बताउनु भएको छ । उहाँले मुलुकको समग्र विकासका लागि सबैभन्दा पहिला राजनीतिक संस्कार सुधार गर्न जरुरी रहेको औंल्याउनुभयो ।
पूरा पढ्नुहोस्
विभागीय टिम नेपाल पुलिस क्लब झापाको दमकमा सम्पन्न दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पुलिसले शुक्रबार भएको फाइनल खेलमा मनाङ मस्र्याङदी क्लबलाई १–० ले पराजित गर्दै उपाधि जितेको छ । पुलिसको जितमा फर्वाड रेजिन सुब्बा नायक बने । उनले ८८ औं मिनेटमा हेडमार्फत गोल गरेका थिए ।
पूरा पढ्नुहोस्
नेपाल पुलिस क्लब थ्री स्टार क्लबलाई पराजित गर्दै दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा थ्री स्टारलाई १ – ० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।
पूरा पढ्नुहोस्
झापाको दमकमा जारी दमक गोल्डकपको शनिबारको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले आयोजक दमक ११ लाई ६–० ले पराजित गर्‍यो । दमक बहुमुखी क्याम्पसको मैदानमा भएको खेलमा नवयुग श्रेष्ठले छैटौं मिनेटमै गोल गरेका थिए ।
पूरा पढ्नुहोस्