Stories By 'अर्जुन शाह'
कैलालीको जिल्ला अदालतले टीकापुर घटनाका वादी र प्रतिवादीका साक्षीलाई झिकाउन आदेश दिएको छ । मुद्दामाथिको पहिलो सुनुवाईमा आज जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलाशले आगामी भदौ २४ गते साक्षी झिकाउन आदेश दिएको हो ।
पूरा पढ्नुहोस्
विभिन्न जिल्लामा आपराधिक घटनामा बृद्धि भएसँगै प्रदेश ७ सरकारले प्रदेश प्रहरी ऐन निर्माण प्रक्रिया सुरु गरेको छ । पछिल्लो समय बढ्दै गएका बलात्कार र हत्याले जनस्तरबाट प्रदेश प्रहरीको कामकारवाही प्रति शंका उत्पन्न भएपछि प्रदेश सरकारले कानून निर्माण थालेको हो ।
पूरा पढ्नुहोस्
प्रदेश ७ को स्थायी र राजधानी र नामांकनबारे सुझावका लागि विशेषसमिति गठन गरिएको छ । धनगढीमा आज बसेको प्रदेशसभा बैठकले नेकपाका प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा ५ सदस्यीय विशेष सुझाव समिति गठन गरेको हो ।
पूरा पढ्नुहोस्
प्रदेश ७ का आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कञ्चनपुरमा बालिका बलात्कृत भएको घटनाबारे गम्भीर छानविन भइरहेको बताउनुभएको छ । धनगढीमा आज बसेको प्रदेशसभा बैठकमा सांसदहरुले सो घटनाबारे गम्भीर चासो व्यक्त गरेपछि मन्त्री शाहले प्रहरीले अनसन्धान तीब्र पारेको र दोषीलाई कानूनी दायरामा ल्याएरै छोड्ने बताउनुभयो ।
पूरा पढ्नुहोस्
प्रदेश ७ को प्रदेशसभा बैठक सोमबार सूचना टाँस गरेर स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक अवरुद्ध गर्ने भएपछि प्रदेशसभा सचिवालयले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित भएको जनाएको छ । शुक्रबारको बैठक अवरुद्ध भएपछि सोमबारका लागि डाँकिएको थियो ।
पूरा पढ्नुहोस्
बाजुराको गौमुल गाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका २ कामदारको रुखले च्यापिएर मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । स्थानीय अगुवा तुलाबहादुर रोकायाका अनुसार मृत्यु हुनेमा गौमुल –३ २२ ढल्काँडाका २२ वर्षीय भीमबहादुर बोहरा र गर्जे गाउँका २३ वर्षीय धर्मबहादुर बोहरा रहेका छन् ।
पूरा पढ्नुहोस्