Stories By 'अवधेशकुमार झा '
प्रदेश नम्बर २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले एक सार्वजनिक समारोहमा भारतीय राष्ट्रिय गानमा रोक लगाएका छन् । सप्तरीको राजविराजमा आज आयोजना गरिएको कायस्थ जातिको जातिय समिति चित्रगुप्त सेवा समितिको स्वर्ण महोत्सवमा भारतीय राष्ट्रिय गानमा रोक लगाईएको हो । कार्यक्रममा नेपाल र भारतका कायस्थ जातिका अगुवाहरुको सहभागिता रहेको छ ।
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले न्यायपालिकाले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु गलत भएको बताउनुभएको छ । सप्तरीको राजविराजमा शनिबार मुस्लिम संघ नेपालको दोश्रो जिल्ला अधिवेशन उद्घाटन गर्दै नेता कोईरालाले न्यायपालिकाले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने कार्य गलत भएको बताउनु भएको हो । प्रेसमाथि अंकुश लगाएर नेपाललाई पूरानै युगमा फर्काउन खोजिएको उहाँले आरोप समेत लगाउनुभयो ।
पूरा पढ्नुहोस्
वर्षोदेखी बसोबास गर्दे आएको जग्गामा शौचालय निर्माण गर्न खोज्दा सप्तरीको राजविराज नगरपालिका १२ का दलित मुसहरहरु निर्घात कुटिएका छन् । आफनै घरमा कुटिएपछि विपन्न मुसहरहरु न्यायको खोजी गर्दे शुक्रबार दिउँसो सदरमुकाम स्थित जिल्ला प्रसासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको शरणमा पुगेका छन् ।
पूरा पढ्नुहोस्
सप्तरी जिल्लाको महदेवा गाउँपालिकाको महदेवास्थित आधारभुत प्राथमिक विद्यालय मतदान केन्द्रमा एक जना पनि मतदाताले मतदान गरेनन् । कुल ९ सय ६० मतदाताले मतदान गर्ने गरी तोकिएको महदेवा २ को सो मतदान केन्द्रमा बिहीबार बिहान ७ बजे देखि साँझ ५ बजे सम्म कर्मचारी र सुरक्षाकर्मी बाहेक कोही मतदाता मतदान गर्न नगएका हुन् ।
पूरा पढ्नुहोस्
सप्तरीको राजविराज नगरपालिकाको प्रमुख र उपप्रमुखमा राष्ट्रिय जनता पार्टी राजपा नेपालले जित हात पारेको छ । प्रमुखमा राजपाका शम्भु यादव र उपप्रमुखमा राजपाकी साधना झाले जित हासिल गरेको हो । यादवले निकटतम प्रतिद्धन्दी संघीय समाजवादी फोरम नेपालका उम्मेदवार भिमराज यादवलाई १५ मतले पछि पार्दै प्रमुखमा विजयी हुनु भएको हो । उहाँले ४ हजार ७ सय ७४ मत प्राप्त गर्नुभयो ।
पूरा पढ्नुहोस्
स्थानीय तह निर्वाचन अन्तरगत सप्तरीको राजविराज नगरपालिकाको मतगणना अवरुघ भएको छ । वडा नम्बर १ को मतगणना जारी नै रहँदा निर्वाचन अधिकृतको कार्यालयले शुक्रवार साझ सार्वजनिक गरेको मत परिणम भन्दा राति सार्वजनिक गरेको मत परिणाम कम भएपछि विवाद भएर मत गणना रोकिएको हो ।
पूरा पढ्नुहोस्