Stories By 'आनन्द गौतम'
पाँचथर गोल्डकपको उपाधि बिर्तामोड युनाइटेड झापाले हात पारेको छ । पाँचथर सदरमुकाम फिदिममा आइतबर सम्पन्न प्रतियोगितामा न्यू स्टार सुनसरीलाई १–४ गोलको फराकिलो अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो ।
पूरा पढ्नुहोस्
पहाडी जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरुमा पदयात्रा गर्न सकिने गरिको सर्किट तयार गरिएको छ । ताप्लेजुङको पाथीभरालाई गन्तब्य बनाएर धनकुटाको हिले, टुटे देउराली, तीन जुरे, चौकी, गुफा, मिल्के, दोभान, सुकेटार भएर पाथीभरा सम्मको गन्तब्य पहिचान गरिएको हो । यो सर्किटमा पाँचथरको हिलिहाङ, सिलौटे र इलामको श्री अन्तुलाई जोडिएको छ ।
पूरा पढ्नुहोस्
स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको समेत लाखौं रुपैंया खर्च भएको चर्चा चलिरहँदा प्रतिनिधि सभामा निर्वाचित सांसद योगेश भट्टराईले भने १७ लाख रुपैयाँ मात्रै खर्च भएको विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालयमा भट्टराईका तर्फबाट उनका प्रतिनिधि चित्रगुप्त साँवाले बुझाएको विवरण अनुसार १७ लाख १७ हजार खर्च भएको देखाइएको छ ।
पूरा पढ्नुहोस्
ताप्लेजुङमा आइतबार यो वर्षकै सबै भन्दा चिसो भएको छ । तर न्यूनतम तापक्रम गत वर्षको जती कम भने भएको छैन । पूर्वाञ्चल हावापानी फिल्ड कार्यालय ताप्लेजुङका अनुसार आइतबार बिहानको न्यूनतम तापक्रम १ दशमलव ४ डीग्री सेलिसयस रहेको थियो । अघिल्ला दुई दिन शुक्रबार र शनिबारको तुलनामा १ डिग्री सेल्सियस घटेको हो ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचनमा पार्टीलाइ असहयोग गरेको भन्दै नेकपा एमालेले ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयर छत्रपती प्याकुरेललाई पार्टीबाट निष्कासित गरेको छ ।
पूरा पढ्नुहोस्
निर्वाचनलाई उत्सवकै रुपमा मनाउने नेपाली चलन नै हो । तर, केही जिल्लामा यस्तो जमात पनि छ जसलाई जुनसुकै पर्व र उत्सवले पनि खासै अर्थ राख्दैन । ताप्लेजुङमा पनि दैनिक ज्याला मजुदरी गरेर गुजारा चलाउनेहरुलाई निर्वाचनको चटारोले छुन सकेको छैन । भोट हाल्नेसम्मको सक्रियतामा मात्रै उनीहरु सीमित हुन्छन् । तर आफूले जिताउने प्रतिनिधीले आफ्ना समस्या समाधान गरिदिउन् भन्ने सबैको चाहना छ ।
पूरा पढ्नुहोस्