Stories By 'आश गुरुङ'
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहमा खटाएका प्राविधिक इन्जिनियरले बिहीबारदेखि कामकाज ठप्प पारेर सदरमुकाम केन्द्रित भएका छन् । आफ्ना मागबारे फागुन १ गतेसम्म सम्बोधन गर्न गत माघ १६ गते १५ दिने अल्टिमेटम दिएका उनीहरुले माग पूरा गर्ने विषयमा प्राधिकरण सकारात्मक नभएको भन्दै कामकाज ठप्प पारेको बताएका छन् ।
पूरा पढ्नुहोस्
कलाकार खेमराज घले र भारती घले जिप चढेर लमजुङको पर्यटकीय घलेगाउँ जाँदै थिए । साथमा थिए बालकृष्ण घले । क्व्होलासोंथर गाउँपालिका १, बाग्लुङपानी नजिकै लालीगुराँस फुलेको देखेपछि उनीहरु छक्क परे ।
पूरा पढ्नुहोस्
लमजुङको मर्स्याङदी गाउँपालिकाले आफ्नै खर्चमा एम्बुलेन्स खरिद गरेको छ । गाउँपालिका स्वयंले एम्बुलेन्स संचालन गर्न नमिल्ने भएकाले एम्बुलेन्सलाई खुदी स्वास्थ्य चौकीले संचालन गर्नेछ । लमजुङका ८ स्थानीय तहमध्ये मर्स्याङदीले नागरिकको सेवाका लागि एम्बुलेन्स ल्याएको हो ।
पूरा पढ्नुहोस्
निजी आवास पुन:निर्माणमा खटिएका लमजुङका प्राविधिकले फिल्ड भत्ताको माग गर्दै आन्दोलन थालेका छन् । फिल्डमा अहोरात्र खटिएका प्राविधिकले खाई पाई आएको भौगोलिक र प्रोत्साहन भत्ता नदिएको उनीहरुले बताएका छन् ।
पूरा पढ्नुहोस्
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको स्वास्थ्य उपचारमा हेलचक्रयाइँ गर्न नहुने बताउनु भएको छ । स्वास्थ्य सेवा पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएको उहाँले बताउनुभयो ।
पूरा पढ्नुहोस्
हिमाली जिल्ला मनाङमा बस्तीमै आउने गरी यसवर्ष पहिलोपटक मंगलबार हिमपात भएको छ । हिमपातसंगै चिसो बढेको छ । पुस महिनामा २ पटक हिमपात भएकोमा माघ महिनामा पहिलोपटक हिमपात भएको हो ।
पूरा पढ्नुहोस्