Stories By 'इन्द्रलक्ष्मी घिमिरे'
दशैंका लागि अग्रिम टिकट खुलाउने सम्वन्धमा सरकार र यातायात व्यवसायीबीच जुहारी चलेको छ । यातायात व्यवस्था विभागले दसैँको लागि अग्रिम टिकट बुकिङ सुरु भइसकेको दावी गरिरहँदा व्यवसायीले भने त्यसको खण्डन गरेका छन् । व्यवसायीले आफ्ना मुद्दा सम्बोधन नगरी जनताको आँखामा छारो हाल्ने काम सरकारले गरेको आरोप लगाएका छन् ।
पूरा पढ्नुहोस्
आयल निगमले उपत्यकामा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि आजपनि थानकोट डिपोबाट वितरण गर्ने भएको छ । टयाङ्कर चालकले आन्दोलनको नाममा ४ दिनसम्म हड्ताल गरेपछि उपत्यकामा पट्रोल र डिलेजलको अभाव भईरहेको छ । आपूर्ती सहज बनाउन बिदाको दिनमा समेत डिपो खोलिएको निगमका प्रवक्ता बीरेन्द्र गोइतले जानकारी दिनुभयो । रक्सौंलबाट हिजोदेखि इन्धन आउन थालेको निगमले जनाएको छ ।
पूरा पढ्नुहोस्
दशैं आउनै लाग्दा अग्रिम टिकट बुकिङ फेरि अन्योलमा परेको छ । पेट्रोलियम पदार्थमा मुल्यबृद्धि भएको भन्दै पूर्ववत सहमतिबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ पछाडि हटेपछि टिकट बुकिङ अन्योलमा परेको हो । आइतवार व्यवसायीसँग सहमति गरेको सरकारले सोमवार रातीबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेको थियो ।
पूरा पढ्नुहोस्
सरकार र यातायात व्यवसायीबीचको छलफलले गति लिन नसक्दा दशैंको लागि अग्रिम टिकट नखुल्ने संकेत देखिएको छ । यातायात समितिको यसअघि फ्रिज गरिएको बैंक खाता खोलिदिनुपर्ने माग व्यवसायीहरुले गरेका छन् । सरकारले यसबारे ठोस् निर्णयमा पुग्न सकेको छैन । दुई पक्षबीच अनौपचारिक छलफल जारी रहेपनि प्रगति शून्य छ । जसका कारण दशैंमा उपत्यकाबाहिर जाने जनताहरु भने अहिल्यैबाट चिन्तित बनेका छन् ।
पूरा पढ्नुहोस्
सरकार र यातायात व्यवसायीबीचको द्वन्द्वका कारण दशैंका लागि अग्रिम टिकट बुकिङ अन्योलमा परेको छ । हरेक वर्ष दशैं र तिहार मनाउन भन्दै काठमाडौं उपत्यकाबाट करिब २५ लाख सर्वसाधारण बाहिरिने गरेको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।
पूरा पढ्नुहोस्
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकार र सरोकारवाला निकायलाई आग्रह सहित १६ बुँदे घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपुर्व क्षेत्रिय छैठौं बैठक यूएईको दुबईमा सम्पन्न भएको छ ।
पूरा पढ्नुहोस्