Stories By 'एजेन्सी'
आगामी प्रधानमन्त्रीका लागि उम्मेद्वारी घोषणा गरेकी थाइल्याण्डकी राजकुमारी उबोरत्न राजाकन्या सिरिभाधना बर्नाभाडीलाई निर्वाचन समितिले अयोग्य ठहर गरेको छ । राजसंस्था राजनीतिभन्दा माथि हुने भन्दै निर्वाचन समितिले उनलाई अयोग्य ठहर गरेको हो ।
पूरा पढ्नुहोस्
अमेरिकाले मेक्सिकोको सीमामा थप दुई हजार सेना पठाउने घोषणा गरेको छ । ती सैनिकहरुले सीमा क्षेत्रमा गस्ती बढाउने तथा २ सय ४० किलोमिटर लामो तार–बार लगाउन मद्दत गर्ने पेन्टागनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पूरा पढ्नुहोस्
पक्ष र विपक्षमा आन्दोलन चर्किएपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले संसदको चुनाव गराउन आफू तयार रहेको बताउनुभएको छ । राजधानी कराकासमा आफ्ना समर्थकमाझ राष्ट्रपति मडुरोले आफू चुनावका लागि तयार भएको बताउनुभएको रोयटर्सले उल्लेख गरेको छ । राष्ट्रपति मडुरो अहिले अन्तर्राष्ट्रिय दबाबमा रहनुभएको छ ।
पूरा पढ्नुहोस्
अमेरिकामा आफ्ना ३० भन्दा बढी विद्यार्थीहरु पक्राउ परेपछि भारतले उनीहरुको रिहाईका लागि कानूनी उपचार खोज्ने जनाएको छ । अमेरिकामा गैरकानूनी रुपमा सञ्चालित एक युर्निभर्टीमा अध्ययनका लागि प्रवेश गरेको भन्दै पक्राउ परेका १ सय ३० विदेशी विद्यार्थीमध्ये अधिकांश आफ्ना नागरिक रहेको भन्दै भारतीय विदेश मन्त्रालयले चिन्ता व्यक्त गरेको हो ।
पूरा पढ्नुहोस्
भेनेजुएलाका राष्ट्रपति  निकोलस मडुरो र  विपक्षी नेता गुवाइडोबीच वार्ताका लागि संयुक्त राष्ट्रसंघमा कुटनीतिक पहल थालिएको छ । राष्ट्रसंघका एक अधिकारीका अनुसार एक मेक्सिको र उरुग्वेको पहलमा सर्वदलीय छलफल गरी भेनेजुएलाको संकट समाधानका लागि आगामी साता उरुग्वेमा एक सम्मेलनको आयोजना गर्ने तयारी भइरहेको छ । तर गुवाइडोले भने नयाँ निर्वाचनको घोषणा नगरेसम्म  कुनै पनि वार्ता हुन नसक्ने अडान दोहोर्‍याउनुभएको बीबीसीले उल्लेख गरेको छ ।
पूरा पढ्नुहोस्
रुसले शीत युद्धकालिन परमाणु हतियार सम्बन्धि सम्झौताबाट पछि हट्ने अमेरिकी निर्णयको कडा आलोचना गरेको छ । अमेरिकाले इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्स आईएनएफ सन्धि तोडेपछि रुस चिढिएको हो । शीत युद्धकालिन परमाणु हतियारसँग सम्बन्धित यो सन्धि तोड्ने अमेरिकी निर्णयले परमाणु निरस्त्रीकरणमा ठूलो झट्का लागेको विश्लेषण गरिएको छ । अमेरिकी निर्णय उसको अन्तर्राष्ट्रिय प्रतिबन्धता विरुद्ध रहेको रुसले दाबी गरेको छ । 
पूरा पढ्नुहोस्