Stories By 'कमल पन्थी'

बर्दिया डायरी

कमल पन्थी, आश्विन ३१, २०७४
स्थानीय निकायको निर्वाचन सम्पन्न भएको करीब तीन महिना हुन लाग्दा गुलरिया नगरपालिकाको परिषद नबस्दा विकास निर्माण लगायतका काम प्रभावित भएको छ । नगरपालिकाको वडा स्तरिय भेलाले निर्णय गरेको प्रस्ताविक बजेट कटौती गर्न लाग्दा प्रतिपक्षले आपत्ती जनाएपछि पटक पटकको बैठक कुनै निष्कर्षमा नपुगी स्थिगित हुँदै आएपछि परिषद् लम्बिएको हो ।
पूरा पढ्नुहोस्
बर्दियाको गुलरिया नगरपालिकाको लालपुर क्षेत्रमा स्थानीय प्रशासनले हिजो बिहानदेखि लगाएको कर्फ्यु आज हटाएको छ । गुलरिया—११ लालपुरस्थित आईतबार दुर्गा मुर्ती र ताजिया सेलाउने विषयलाई लिएर स्थानीय दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले लालपुर क्षेत्रमा हिजो बिहान १० बजेपछि कर्फ्यु लगाएको थियो ।
पूरा पढ्नुहोस्
स्थानीय दुई समुदायवीच भएको झडपले उग्ररुप लिएपछि स्थानीय प्रशासनले बर्दियाको गुलरिया नगरपालिकास्थित लालपुर क्षेत्रमा कर्फ्यु लगाएको छ । आज बिहानैदेखि स्थानीय दुईपक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले लालपुर क्षेत्रमा कर्फ्यु जारी गरेको हो ।
पूरा पढ्नुहोस्
भुमी सुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले बर्दियाका मुक्तकमलरीलाई पहिचान सहितको परिचयपत्र वितरण गर्नु भएको छ । २०७० साल असार १३ गते मुक्त घोषित जिल्लाका २९ जनालाई परिचयपत्र वितरणको शुभारम्भ गर्नुभएको हो ।
पूरा पढ्नुहोस्
हिजो रातीबाट शुरु भएको अविरल वर्षापछि बर्दियाको बबई र मानखोलामा आएको बाढीले दुई सय १३ घर डुवानमा परेको छ । बाढीले सबैभन्दा बढी बारबर्दिया नगरपालिका प्रभावित भएको छ । प्रहरीले दिएको जानकारी अनुसार बारबर्दिया—३ मा ५३, वनगौढीमा २५, बासगढी—८ मा १५, बासगढी—४ मा २५ घर गरी १ सय १८ घर डुवानमा परेको छ ।
पूरा पढ्नुहोस्
हेलो प्रहरी कन्ट्रोल हो ? मुख छोपेका डाका पसेका छन् छिटो प्रहरी पठाई दिन पर्‍यो भन्दै एक साता देखि सदरमुकाम गुलरिया आसपासका गाउँबाट दैनिक १० देखि १२ कल आउने गरेको प्रहरी बताउँछन् ।
पूरा पढ्नुहोस्