Stories By 'काशीराम डाँगी'
रोल्पाको माडीचौरमा स्नातक तहको क्याम्पस सञ्चालनमा आउने भएको छ । आगामी असोजदेखि कक्षा सञ्चालन गर्ने गरी तयारी भइरहेको क्याम्पस व्यवस्थापन समितिले जनाएको छ । क्याम्पस स्थापनाका लागि आवश्यक जग्गा खरिद गरिसकिएको समितिले जनाएको छ ।
पूरा पढ्नुहोस्
प्युठानमा बुटवल पावर कम्पनीद्वारा सञ्चालित झिमरुक जलविद्युत केन्द्र बन्द हुने अवस्थामा पुगेको छ । नेपाल विद्युत प्राविधकरणले केन्द्रीय प्रसारण लाइन मार्फत पर्याप्त विद्युत उपलब्ध नगराउँदा झिमरुक जलविद्युत केन्द्र बन्द हुने अवस्थामा पुगेको हो ।
पूरा पढ्नुहोस्
रोल्पामा विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकालाई प्रहरीले पक्राउ गरेको छ । १४ विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा दक्षिणी रोल्पाको रुन्टीगढी गाउँपालिका–५ झेनामस्थित भानु आधारभूत (प्रस्तावित) विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो । विद्यालय सुरु हुनु अघिको प्रार्थनाको अवधिमा ढिला आएको भन्दै शिक्षिका पुनले गत जेठ १२ गते १४ जना छात्रछात्रामाथि अन्धाधुन्ध कुटपिट गरेकी थिइन् ।
पूरा पढ्नुहोस्
रोल्पाको थबाङ गाउँपालिका–५ उवा गाउँका आश बहादुर रोकाको घरमा शुक्रबार बेलुकी आगलागी भएको छ । चिसो अत्यधिक बढेकाले काठका दाउरा बालेर आगो ताप्ने बेलामा घरमा पनि आगो सल्किएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
रोल्पाको त्रिवेणी गाउँपालिकाको निगालपानीमा कपास फिट्ने मेसिन पड्केर १ को मृत्यु भएको छ । ४ जना घाइते छन् । मंगलबार बिहान करीब १० बजेतिर उक्त मेसिन जडान गर्ने क्रममा अचानक विस्फोट हुँदा मेसिन जोड्दै गरेका बर्दिया राजापुर  निवासी २८ वर्षीया जयकृष्ण न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्
रोल्पा पश्चिमबाट ३ बालकको उद्धार गरिएको छ । राजधानीका इँट्टा भट्टामा लैजाँदै गरेका ती बालकलाई प्रहरीले बुधबार सिम्पानी र निगालपानीबाट उद्वार गरेको हो । अभिभावक र अन्यका साथ श्रमबजारमा पुर्‍याइँदै गरेका ती बालकलाई त्रिवेणी गाउँपालिकाको विभिन्न स्थानबाट उद्वार गरिएको हो ।
पूरा पढ्नुहोस्