Stories By 'किरण अधिकारी '
समग्र आर्थिक स्थिरता कायम गर्ने र समाजमा आय तथा सम्पत्तिको पुनर्वितरण गर्ने कार्य अब संघीय संरचना अन्तरगत तल्लो तहका सरकारको क्षेत्राधिकार भित्र परेको छ । त्यसको व्यवस्थापन केन्द्र सरकारको दायित्व भएपनि वस्तु एवं सेवाको वितरणको जिम्मा भने स्थानीय सरकारले लिएको छ । जसले संघीय वित्तीयलाई प्रभाव पार्नेछ । संघीय व्यवस्थामा विभिन्न तहका सरकारका कार्य जिम्मेवारी र उपलब्ध वित्तीय साधन बीच सन्तुलन हुने आशा गरिएको छ ।
पूरा पढ्नुहोस्
पूँजी बजार प्रर्दशनी पहिलो पटक काठमाडौंमा शुरु भएको छ । नेपाल धितोपत्र बोर्डले आफ्नो रजत जयन्तीको अवसर पारेर भृकुटीमण्डमा सुरु गरेको प्रदर्शनी २ दिनसम्म चल्नेछ । पूँजीबजार सम्बन्धी १ सय ७० वटा स्टल रहेको प्रदर्शनीमा विविध शीर्षकमा ४ वटा सम्मेलन समेत हुने बोर्डले जनाएको छ ।
पूरा पढ्नुहोस्
रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या ३ वर्षयता लगातार घट्दै आएको तथ्याङ्क वैदेशिक रोजगार विभागले दिएको छ । चालू आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर २ लाख १० हजार ५ सय ६७ युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका छन् । गत वर्षको सोही अवधिमा ३ लाख ६६ हजार २ सय १२ जना विदेसिएका थिए ।
पूरा पढ्नुहोस्
उच्चस्तरीय वैदेशिक भ्रमणमा सरकारी अधिकारीले एकोहोरो रटान लगाउने भनेको सुरक्षित वैदेशिक लगानी हो । तर, आजसम्म वैदेशिक लगानीका ठूला आयोजनाहरु सञ्चालन हुन सकेका छैनन् । लगानीकर्ताहरु ऐनमा समस्या देखाउँछन् । सरकारी अधिकारी ऐनमा भन्दा पनि वैदेशिक लगानी भित्रको आशयमा खोट देख्छन् । यही घनचक्करमा मुलुकको विकास क्रम पनि प्रभावित हुँदै आएको छ ।
पूरा पढ्नुहोस्
एसियाली विकास बैंक (एडीबी) ले यो वर्ष नेपालको आर्थिक बृद्धिदर ४ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । सरकारी लक्ष्य अनुसार विकास खर्च नहुनु, रेमिट्यान्समा आएको गिरावट, बाढी पहिरो, उद्योगको उत्पादनमा कमी तथा धान उत्पादनमा हस आउनुलाई प्रमुख कारण मान्दै एडीबीले सन् २०१८ मा नेपालको आर्थिक बृद्धिदर ५ प्रतिशत भन्दा कम रहने अनुमान गरेको हो ।
पूरा पढ्नुहोस्
विज्ञान तथा प्रविधिको विकासले फड्को मारेसँगै यसले हाम्रो दैनिक जीवनलाई समेत सहज बनाउँदै लगेको छ । पछिल्लो समय विभिन्न क्षेत्रमा नयाँ प्रविधिहरुको प्रयोग बढ्दै जाँदा औद्योगिक क्षेत्र पनि यसबाट अछुतो छैन । तर अन्तर्राष्ट्रिय बजारअनुसार प्रविधि भित्र्याउन नसक्दा सोचेअनुसार परिणम आउन नसकेको उद्योगी व्यवसायी बताउँछन् ।
पूरा पढ्नुहोस्