Stories By 'कृष्ण थापा'
नुवाकोटमा अपरान्ह ५ बजे सम्मको मत परिणाम अनुसार वाम गठबन्धनले अग्रता कायम गरेको छ ।
पूरा पढ्नुहोस्
मौन अवधि सुरु हुनु अघि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुले बिहीबार अन्तिम सभा र घरदैलो सकेका छन् । निर्वाचन क्षेत्र नम्बर १ का लोकतान्त्रिक एवं नेपाली कांग्रेसका उम्मेदवार एवं नेता रामशरण महतले अन्तिम चुनावी संवोधनमा लोकतान्त्रिक पक्षलाई जिताउन मत माग्दै ताँदी गाउँपालिका ३ खरानीटारमा सभा सकेका छन् ।
पूरा पढ्नुहोस्
जिल्लाका चारवटा प्रदेशसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक र वामगठबन्धनको कडा टक्कर परेको छ । निर्वाचन क्षेत्र १ ‘क’ का गठबन्धनका पूर्व राज्यमन्त्री राधिका तामाङ र पूर्व जिविस उपसभापति भईसकेका कांग्रेसका महेन्द्र थिङ चुनावी मैदानमा छन् । बलिदान र त्याग गरेर परिवर्तनकारीलाई महशुस गराउन आफू लागि परेको तामाङले बताइन् ।
पूरा पढ्नुहोस्
कांग्रेस नेता रामशरण महत र वाम गठबन्धनका हितबहादुर तामाङको उम्मेदवारीले नुवाकोट क्षेत्र नम्बर १ चर्चामा छ । दुवै उम्मेदवारको आफ्नै थातथलोमा चुनावी मैदानमा उत्रेका छन् । दुवैलाई आफ्नो साख जोगाउने होड छ । गठवन्धकातर्फबाट तामाङको यो तेस्रो चुनावी र महतको छैटौं चुनावी दौड हो । वामगठबन्ध पछि बलियो देखिएका तामाङ र आफ्नो छैटांै साख जोगाउन महतलाई प्रतिष्ठाको विषय भएको छ ।
पूरा पढ्नुहोस्
बेरोजगारको संख्या वृद्धि भएको म्यादी प्रहरी भर्ना छनौटले देखाएको छ । भर्ना हुन आउनेहरु अधिकांशको भनाई बेरोगार भएको बताउँछन् । ‘अन्य रोजगारी पाइएन,’ बेलकोटगढी नगरपालिका ५ दुई पिपलकी १९ वर्षीया लिला श्रेष्ठले भनिन्, ‘केही गरौं भनेर म्यादीमा भर्ना हुन आएकी हुँ ।’
पूरा पढ्नुहोस्
दशैंको अवसरमा पुरानो सदरमुकाम नुवाकोटको तलेजु भवानीको मन्दिरमा साव ४ बजेको साइतमा फूलपाती भित्र्याईको छ । विदुर नगरपालिका २ धोविखोला नजिक रहेको सुल्डाँडाबाट मंगलबार राति तान्त्रिक विधिद्वारा तयार पारिएको फूलपाती बुधबार पन्चेवाजा, नेपाली सेनाको पल्टन, राजप्रतिनिधि, समाजसेवी, स्थानीयबासी, श्रीनाथ गणका सेनाले बढाई गरी फूलपाती भित्र्याएको हो । ल्याइएको फूलपातीलाई साततल्ले दरबारदेखि उत्तरमा रहेको तलेजु भवानीको दरवार तथा मन्दिरमा भित्र्यान्छ ।
पूरा पढ्नुहोस्