Stories By 'केशु लामिछाने '
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्युनिकरण गर्न काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण प्रक्रिया सुरु गरेको छ । वैकल्पिक विमानस्थलको निर्माणको लागि सुझाव दिन गठित प्राविधिक समुहले काभ्रेको नागीडाडानै उत्तम विकल्प भएको निष्कर्ष निकालेपछि निर्माण प्रक्रिया अघि बढेको हो ।
पूरा पढ्नुहोस्
नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेपको औषत व्याजदर अन्तर स्प्रेडदरमा ५ प्रतिशतको सीमा लगाएपनि बैकहरुले त्यो भन्दा माथि लगानी गरेको पाइएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमासको समिक्षा प्रतिवेदनमा चैत मसान्तसम्म बैंकहरुको स्प्रेडदर ५ प्रतिशत भन्दा माथि पुगेको पाइएको हो ।
पूरा पढ्नुहोस्
सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि विभिन्न शीर्षकमा लगाइदै आएको अतिरिक्त शुल्क खारेज गरेको छ । श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकर्ण विष्टले माइग्राम्स, स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट, सुरक्षा, पार्सपोर्ट संकलन गरी मलेसियन दुतावाससम्म पुर्‍याउने, आप्रवासी सुरक्षा फस्यौंट लगायत नाममा अवैध रुपमा लिदै आएको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
मुलुकलाई आगामी ३ वर्षमा विद्युतमा आत्मनिर्भर बनाउने महत्वकांक्षी घोषणा सहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले श्वेतपत्र सार्वजनिक गरेको छ । ऊर्जामन्त्री वर्षमान पुनले आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उर्जा तथा जलस्रोतको माध्यमबाट दोहोरो अंकको आर्थिक बृद्धि हासिल गर्न आधा दर्जन बढी लोकप्रिय नारा समेटिएको श्वेतपत्र सार्वजनिक गर्नुभयो ।
पूरा पढ्नुहोस्
नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा आस्वा प्रणाली र सी—आस्वा प्रणालीलाई अनिवार्य गरिएको जनाएको छ । ९ महिनाको कार्य प्रगति बारे आज जानकारी दिँदै बोर्डले २०७३ माघदेखि सुरु आस्वा प्रणालीलाई गत साउन देखि देशैभर रहेको २ हजार ५ सय बढी वित्तीय संस्थाका शाखा मार्फत ७७ वटै जिल्लामा पुर्‍याएको जनाएको छ ।
पूरा पढ्नुहोस्
नेपाल राष्ट्र बैंकले बैंकहरुको पूँजी बृद्धि योजनाले सार्थकता पाएको दाबी गरेको छ । आर्थिक वर्ष २०७२/७३ को मौन्द्रिक नीति मार्फत घोषणा गरिएको बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी योजना सफल भएको राष्ट्र बैकले बताएको हो ।
पूरा पढ्नुहोस्