Stories By 'घनश्याम खड्का'
बाक्लो हिमपातपछि मुस्ताङ्गको घरपझोङ गाउँपालिका, २ छैरोमा पहिरो गएको छ । घरपझोङ गापा, १ मार्फा र २ छैरो बीचमा कालीगण्डकी नदीले बनाएको साँघुरो गल्छीमा गएको सुख्खा पहिरोले कालीण्डकी केही बेर अवरुद्ध भएको थियो ।
पूरा पढ्नुहोस्
म्याग्दीको उच्च हिमाली क्षेत्रका वस्तीहरुमा परेको बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ । बाक्लो हिमपातले पर्यटकीय क्षेत्र घोडेपानीमा पैदल आवतजावत बन्द भएको छ । हिमपातले जिल्लाको लुलाङ्ग, मुदी, कुईने, स्वाता, चित्रे, घोडेपानी लागायतका वस्तीको जनजीवन प्रभावित भएको छ ।
पूरा पढ्नुहोस्
प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघीकै अवसर पारेर पुष ३० गते चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रदेश सरकारको आज बसेको बैठकले प्रदेश ५ थारु र मगर समुदायको बाहुल्य रहेकाले दुई दिन विदाको निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
म्याग्दीको बेनी नगरपालिका, ५ पुलाडाँडामा ट्याक्टर दुर्घटना हुँदा सवार तीन जना घाईते भएका छन् । बिहीबार बिहान भएको दुर्घटनामा परि बेनपा, ५ पुलाचौरका ३५ बर्षिय यामप्रसाद श्रेष्ठ, सोही ठाउँका १४ बर्षिय नविन र १८ बर्षिय रवि परियार घाईते भएका हुन् ।
पूरा पढ्नुहोस्
गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा मात्र होईन सबै क्षेत्रमा सिण्डिकेट रहेको बताउनु भएको छ । म्याग्दी कोरला यातायात प्रालिले बेनी–काठमाडौं रुटमा सुरु गरेको भीआईपी सुपर डिलक्स एसी रात्री बसको बेनीबाट सेवा सुभारम्भ गर्दै गृहमन्त्री थापाले सबै क्षेत्रमा सिण्डिकेट रहेको बताउनु भएको हो ।
पूरा पढ्नुहोस्
मुस्ताङ भ्रमणमा जाने पर्यटकका सवारी संख्या अत्याधिक बढेपछि स्तरोन्नति भैरहेको बेनी–जोमसोम सडकमा घन्टौं ट्राफिक जाम हुने गरेको छ । अक्करे भीरको साँघुरा र पहिरोग्रस्त सडक पनि स्तरोन्नति गर्न भित्ता काट्ने र डिल तर्फ वाल उठाई फिलिङ गर्ने काम भैरहेकामा क्षमता भन्दा बढी सवारी साधन भित्रिए पछि दोहोरो सवारी पास हुन नसक्दा घण्टौं जाम हुने गरेको हो ।
पूरा पढ्नुहोस्