Stories By 'जयबहादुर रोकाया'
हुम्लामा यो वर्षको पहिलो हिमपात बिहान देखि सुरु भएको छ । अकस्मात हिमपात पर्न थालेपछि चिसो ह्वात्तै बढेको छ । सिमकोटको तापक्रम विहान माइनस ३ डिग्री मापन गरिएको थियो । चिसोका कारण स्याउ टिप्न नपाएका किसानले खाद्यन्न वाली समेत थन्क्याउन नपाएको गुनासो गरेका छन् ।
पूरा पढ्नुहोस्
चीन सीमा जोडिएको नाम्खा गाउँपालिकाको हिल्सामा मानसरोवर कैलाश तीर्थयात्रामा गएका एक भारतीय नागरीकको हेलिकप्टरको पंखाले लागेर मृत्यु भएको छ । मानसरोवर कैलाश तीर्थ यात्रा गर्न सिमकोटबाट हेलिकप्टरमा गएका भारत महाराष्ट्रको मुम्बइ निवासी ४२ वर्षिय नगेन्द्रकुमार कार्तिक मेहताको आफैं चढेको हेलिकप्टरको पंखाले लागेर मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्
हुम्लाको सिमकोट गाउ‘पालिकाको ठेहेमा खम्बाबाट चुँडिएर बाटोमा छरिएको विद्युत तारबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । स्थानीय ४५ वर्षिया जसु भण्डारीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएको डेढ महिना बितिसक्दा पनि हुम्लामा आठ उम्मेदवारले अझै आफ्नो निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । निर्वाचन सम्पन्न भएको ३५ दिन भित्र उम्मेरदारले निर्वाचन खर्च विवरण बुुझाउनुु पर्ने कानूनी प्रावधान भएपनि ८ जना उम्मेदवारले निर्वाचन खर्चको विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
हुम्लामा स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा विजयी हुनु भएको छ । हुम्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिनु भएका लामाले ८ हजार ४ सय ९१ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकतटम नेपाली कांग्रेसका मंगल बहादुर शाहीले ४ हजार ४ सय ४४ मत प्राप्त गर्नुभयो ।
पूरा पढ्नुहोस्
हुम्लाको पछिल्लो मतगणना अनुसार प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामाले १०६०, कांग्रेसका मंगलबहादुर शाहीले ५२३, माओवादीका केन्द्रका छिमीर्दोर्जे लामाले २५६ मत प्राप्त गरेका छन् । जिल्लाको दक्षिण भेगको ताजाकोट गाउँपालिकाबाट मतगणना शुरु गरिएको छ । यो गाउँपालिका प्रदेश क मा पर्दछ ।
पूरा पढ्नुहोस्