Stories By 'जे पाण्डे'
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगञ्जमा बुधबारबाट हक्की प्रतियोगिता सुरु भएको छ । नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको पहिलो खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन । दुबै टिमले गोल गर्न नसकेपछि १/१ अंक बाँडिएको छ । 
पूरा पढ्नुहोस्
नेपालगञ्ज म्याराथनको उपाधि नेपाल प्रहरीका भूमिराज राईले उचालेका छन् । बाँकेमा भएको चौंथो संस्करणको नेपालगञ्ज म्याराथनमा ४२ किलोमिटर दौड २ घण्टा ३३ मिनेट २० सेकेन्डमा पूरा गर्दै राई पहिलो भए । सशस्त्र प्रहरी बलका एपीएफका खिम बहादु खत्री दोस्रो भए ।
पूरा पढ्नुहोस्
बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालय बाकेले रेड पाण्डाको छालासहित ५ जनालाई पक्राउ गरेको छ । गएराति कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सन्ध्यालक्ष्मीको खाजा घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
नक्कली प्रज्ञापनपत्र बनाएर पाउडर दुध तस्करी गरेको आरोपमा नेपालगञ्जस्थित भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यलाई अर्थ मन्त्रालयमा तानिएको छ । दुध तस्करी प्रकरणमा मिलेमतोको तथ्य भेटिएपछि आचार्यलाई मन्त्रालय र भन्सार अधिकृत बटु पौडेललाई भन्सार विभागमा सरुवा गरिएको हो ।
पूरा पढ्नुहोस्
उपचारार्थ भेरी अञ्चल अस्पतालमा पुर्‍याइएका एकजना बलात्कारी प्रहरीको आँखामा खुर्सानीको धुलो हालेर भाग्ने प्रयास गर्दा गर्दै पक्राउ परेका छन् । नेपालगञ्ज कारागारबाट उपचारार्थ भेरी अञ्चल अस्पताल पुर्‍याइएका बलात्कारी बसिर साहीले प्रहरीको आँखामा खुर्सानीको धुलो हालेर भाग्ने प्रयास गरेका हुन् ।
पूरा पढ्नुहोस्
नेपालगञ्जका सबै अस्पतालले आज एक दिनका लागि सेवा बन्द गरेका छन् । भेरी अञ्चल अस्पतालमा कार्यरत चिकित्सक श्यामसुन्दर यादवको निजी अस्पतालमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै चिकित्सकहरुले नेपालगञ्जका सबै सरकारी र निजी अस्पताल बन्द गराएका हुन् ।
पूरा पढ्नुहोस्