Stories By 'ठाकुरसिंह थारु'
बाँके प्रहरीले ३५ लाख ४२ हजार रुपैयाँ सहित दुई जनालाई बुधबार साँझ पक्राउ गरेको छ । बा“के प्रहरी प्रमुख एसपी अरुण पौडेलका अनुसार पक्राउ पर्नेमा भारत बहराईच रुपैडिहाका ३० वर्षीय रविश पाठक र १२ वर्षीय नितेश तिवारीलाई पक्राउ गरिएको हो ।
पूरा पढ्नुहोस्
पछिल्लो समय बाँकेको नेपालगञ्ज नाका हुँदै भारतमा कालो मरिच तस्करी हुने घटनाले निरन्तरता पाएको छ । नेपालगञ्जबाट तस्करी गरेर भारत लैजाँदै गरेको अवस्थामा साढे १२ क्वीन्टल मरिच प्रहरीले बरामद गरेको छ ।
पूरा पढ्नुहोस्
नेपालगन्जको पुष्पलाल चोकमा बम राखिएको शंकापछि तनाव छ । प्लास्टिक झोलामा शंकास्पद वस्तु बेरेर चोकमा राखिएको छ । स्थानीयले बम भएको शंका गर्दै प्रहरीलाई खबर गरे । घटनास्थलमा प्रहरी पुगेको छ । तालिम प्राप्त कुकुर प्रयोग गरी बम भएन/भएको यकिन गर्ने प्रयास भइरहेको छ ।
पूरा पढ्नुहोस्
भारतीय प्रहरीले दिल्लीका विभिन्न स्थानबाट ४० जना नेपाली महिलाको उद्वार गरी नेपालगञ्ज ल्याएको छ । भारतस्थित नेपाली दूतावास, माइती नेपाल र माइती इन्डियाको सहयोगमा ४० जना महिलालाई उद्वार गरी नेपाल ल्याइएको हो ।
पूरा पढ्नुहोस्
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले सर्वसाधारणहरुलाई स्वास्थ्य जाँच, औषधि उपचारबाट बञ्चित नगर्न आदेश दिएको छ । बर्दियाको सदरमुकाम गुलरियास्थित जिल्ला अस्पतालमा चिकित्सक र औषधि नहुँदा सर्वसाधारणहरु उपचारबाट बञ्चित भएको भन्दै निवेदन परेको थियो ।
पूरा पढ्नुहोस्
संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको स्थलगत अध्ययन गरेको छ । आयोजना निर्माणमा भएको ढिलाइसँगै, परीक्षण गर्दा पटक पटक भत्किनुको कारणबारे समितिले स्थानीय र प्राविधिकसँग जानकारी लिइएको छ ।
पूरा पढ्नुहोस्
राप्ती नदीमा डुबेर बाँकेमा दुई बालकको मृत्यु भएको छ । राप्ती नदीमा डुबेर बाँकेको नरैनापुर गाउँपालिका ५ मटेहियाका ९ वर्षीय प्रविन शेष र ७ वर्षीय सरिफन शेषको मृत्यु भएको हो । दिउंसो दुई बजेतिर नदीमा डुबेको अवस्थामा उनीहरुको शव फेला परेको थियो ।
पूरा पढ्नुहोस्