Stories By 'डम्बरसिंह राई'
खोटाङ–रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक योजना निर्माण सुरु भएको छ । समृद्ध नगरपालिका बनाउन विकासको प्राथमिकीकरण गर्न आवधिक योजना निर्माण सुरु भएको हो । आवधिक योजनाका लागि स्वीस सरकारले प्राविधिक सहयोग गरेको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताउनुभयो ।
पूरा पढ्नुहोस्
समानुपातिक तर्फ प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमाले पहिलो भएको छ । बुधबार सम्पन्न मतगणना अनुसार एमालेले प्रतिनिधि सभाका लागि २४ हजार एक सय ३४ मत प्राप्त गरी पहिलो भएको हो । नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि २० हजार सात सय १८ मत प्राप्त गरी दोश्रो भएको छ ।
पूरा पढ्नुहोस्
खोटाङमा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभामा वाम गठबन्धनको तर्फबाट एमालेका विशाल भट्टराईले ३५ हजार तीन सय ७६ मत प्राप्त गरी विजयी बनेका हुन् । उनले कांग्रेसकी सरस्वती बजिमयलाई १३ हजार सात सय ६५ मतान्तरले हराएका हुन् ।
पूरा पढ्नुहोस्
पाँच वर्षअघि सकिनुपर्ने जयरामघाटस्थित दूधकोसी सडकको पुलको स्ल्याबको ढलान सकिएको छ । पुल निर्माणमा संलग्न आयोजना प्रमुख इन्जिनियर उद्धव रानामगरका अनुसार केही दिनमै फुटपाथको ढलान पनि सकिने छ । त्यसपछि दुई साताभित्र एप्रोज पिच लगायतका पुलको सम्पूर्ण काम सकिने इन्जिनियर रानामगरले बताउनुभयो । सो काम सकिएपछि क्युरिङ र सेटिङका लागि २८ दिनपछि यातायात सञ्चालन गर्न सकिने छ ।
पूरा पढ्नुहोस्
खोटाङको दिप्रुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका भूपेन्द्र राई २ हजार ८ सय ६२ मत सहित विजयी हुनुभयो भने प्रतिद्वन्द्वी एमालेका अर्जुन रोकाले १ हजार ७ सय ६२ मत प्राप्त गर्नुभयो ।
पूरा पढ्नुहोस्
खोटाङको लामीडाँडा गाउँपालिका प्रमुखमा एमाले उम्मेदवार लीला निरौला विजयी हुनु भएको छ । उहाँले १ हजार ९ सय ९ मत प्राप्त गरी प्रमुखमा विजयी हुनु भएको हो ।
पूरा पढ्नुहोस्