Stories By 'डिल्लीराम खतिवडा'
उदयपुरको रौतामाई गाउँपालिका, ३ लाफागाउँकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ५ युवकलाई पक्राउ गरेको छ । बलात्कारपछि बालिकाको हत्या भएको आशंकामा सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताउनुभयो ।
पूरा पढ्नुहोस्
प्रहरीले ज्यादती गरेको भन्दै उदयपुरको कटारी नगरपालिका मरुवाका स्थानीयले मध्यरातमा प्रर्दशन गरेका छन् । उद्योगका लागि चुनढुंगा बोकेर गएको ट्रिपर रोकेको बिषयमा विवाद हुदाँ प्रहरी नायव उपरिक्षक ध्रुवकुमार श्रेष्ठले लाठी चार्जसँगै दुर्व्यहार गरेको भन्दै उनीहरु प्रर्दशनमा उत्रिएका हुन् ।
पूरा पढ्नुहोस्
उदयपुरको कटारी नगरपालिका– १४ घुर्मी बजार नजिकै जिप दुर्घटना हुँदा दुई विदेशी नागरिकको मृत्यु भएको छ । ८ जना घाईते भएका छन् । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ८९६९ नम्बरको जिप दुर्घटना हुँदा अष्ट्रेलियन नागरिक हुसेकान्तको सेभेल र हुसेक रुडालको मृत्यु भएको इलाक प्रहरी कार्यालय कटारीले जनाएको छ ।
पूरा पढ्नुहोस्
पहिरोका कारण सिद्धिचरण लोकर्माग अन्र्तगत उदयपुरको कटारी–घुर्मी खण्ड अवरुद्ध भएको छ । कटारी नगरपालिका ८ शिरिशेमा गएको पहिरोका कारण सिद्धिचरण लोकमार्ग कटारी–घुर्मी खण्ड अवरुद्ध भएको हो । पहिरोका कारण आज बिहानैदेखि लोकमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
चार सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका राहत शिक्षकले आज उदयपुरका सामुदायिक विद्यालय बन्द गराएका छन् । शिक्षकको आन्दोलनका कारण जिल्लाका ४ सय ५८ विद्यालयको पठनपाठन ठप्प छ । राज्यबाट शिक्षकबीच गरिंदै आएको सबैखाले विभेदको अन्त्य गर्ने नीतिगत व्यवस्था सुनिश्चित गर्नुपर्ने, राहत कोटामा कार्यरत सबै शिक्षकलाई एकमुष्ट स्थायी गर्न संघीय ऐनमा नीतिगत व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।
पूरा पढ्नुहोस्
उदयपुरको बेलका नगरपालिका–३ धौरिटप्पुमा जंगली हात्तीको आक्रमणबाट आज बिहान एक युवकको मृत्यु भएको छ । २–३ वटाको समुहमा आएको हात्तीले घरमै सुतिरहेका ३५ बर्षिय रामकुमार सार्कीलाई च्यापेर मारेको हो ।
पूरा पढ्नुहोस्