Stories By 'डीआर पन्त'
प्रदेश नम्बर सातको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय गौरवका आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीहरुले पदभार ग्रहण गरेपछि बसेको पहिलो बैठकले प्रदेशमा संचालनमा रहेका ३ वटा राष्ट्रिय गौरवका आयोजनाका साथै पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
प्रदेश नं ७ का प्रदेश प्रमुख मोहनराज मल्लले बुधवार मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गर्नु भएको छ । प्रदेश प्रमुखको कार्यालय धनगढीले नेपालको संविधान २०७२ को धारा १८६ को उपधारा २ बमोजिम प्रदेशसभा सदस्यको बहुमत सर्मथन स्पष्ट देखिने गरी फागुन ४ गते दिउसो ११ बजे भित्र प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गर्न भनिएको छ ।
पूरा पढ्नुहोस्
अग्नी रुपन्देही-११, धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्थानीय रंगशालामा आज भएको खेलमा पाहुना टोली भुटानको ड्रुक स्टार क्लबमाथि ३–२ गोल अन्तरको रोमाञ्चक जित निकाल्दै रुपन्देही अन्तिम ८ मा प्रवेश गरेको हो ।
पूरा पढ्नुहोस्
कैलाली क्षेत्र नं ५ वाट उम्मेदवार रहेकी प्रधानमन्त्री पत्नी आरजु राणा भारी मत अन्तरले वामगठवन्धनका एमाले नेता नारदमुनी रानासंग पराजित हुनु भएको छ ।
पूरा पढ्नुहोस्
प्रदेश नम्बर सातको सबै भन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा मतगणना शुरु भएको छ । कैलाली क्षेत्र नं ५ को प्रारम्भिक परिणाम आएपनि अरु कुनै पनि क्षेत्रको प्राररम्भिक परिणाम आई नसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
कैलालीमा बिहानैदेखि मतदाताको उत्साहजनक सहभागितामा मतदान भईरहेको छ । मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद अर्यालले जिल्लाभर शान्तिपूर्ण रुपमा निर्वाचन भईरहेको बताउनुभयो ।
पूरा पढ्नुहोस्