Stories By 'तुलाराम पाण्डे'
एशियाकै अग्लो पचाल झरनाको पर्वद्धन तथा प्रचार प्रसारका लागि प्रथम महोत्सव आयोजना गरिएको छ । हाम्रो संस्कृति, हाम्रो स्वाभिमान पचालझरना हाम्रो पहिचान, सुशासन, विकास र समृद्धि हाम्रो अभियान नाराका साथ नया वर्षसँगै बैशाख १ गते पचालझरना पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको हो ।
पूरा पढ्नुहोस्
कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकसँग जोडिएपछि राजमार्ग आसपासका दर्जन बढी बस्ती शहरीकरण उन्मुख हुन थालेका छन् । सडक सँगै घर जग्गाको मूल्य अकाशिएको छ । केही वर्ष अघिसम्म ३०/४० हजारमा पाइने घडेरीको मूल्य बृद्धि भएसँयै प्रति मिटर एक लाखदेखि ३ लाख रुपैयाँ सम्म पुगेको छ । सडक आसपासको खेती योग्य जमीन मासेर स्थानीयले घरघडेरी बनाउन थालेका छन् । खेतीयोग्य जमीन मासेर घर घडेरी बन्न थालेपछि कृषि उत्पादन घट्ने अवस्था रहेको खाडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डेले बताउनुभयो ।
पूरा पढ्नुहोस्
कर्णाली करिडोर खुलालु–हुम्ला सडकखण्ड अन्र्तगत कालिकोटको जीतेदेखि नानीकोटको घाटपारी चौरसम्म ३० किमि सडकको ट्रयाक खोलिएको छ । कर्णाली करिडोर अन्र्तगत कालिकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला सम्म कुल १ सय ४५ किलो मिटर निर्माणको जिम्मा लिएको नेपाली सेनाले कालिकोट खण्ड अन्र्तगत घाटपारी चौरसम्म शनिवार देखि यात्रु बाहक जिप सञ्चालनमा ल्याएको हो ।
पूरा पढ्नुहोस्
कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ९ मुम्रामा सुत्केरी र शिशु दुवैको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिकाको रुपसा पोइली घर भएकी १८ वर्षीया जौमा बुढा सहकारीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको स्वास्थ्यकर्मीले जनाएका छन् । घरमै बच्चा जन्माउने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताउनुभयो ।
पूरा पढ्नुहोस्
विद्यालयमा शिक्षक नियमितताको लागि कालिकोटका दुई गाउपालिकाले डिजिटल हाजिरी प्रणाली सुरु गरेका छन् । शिक्षकहरु बहुपेशामा संलग्न भएर विद्यालय नियमित नहुने समस्या कम गर्न विद्यालयमा डिजिटल हाजिरी सुरु गरिएको हो । पहिलो चरणमा जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले ११ वटा मावि र निमाविमा सुरु गरिएको डिजिटल हाजिरीले शिक्षक नियमित हुन थालेको गाउँपालिका अध्यक्षा डम्बरबहादुर शाही डिबिले बताउनुभयो ।
पूरा पढ्नुहोस्
तीन सातादेखि फैलिएको भाइरल ज्वरो भाइरल इन्फ्लुएन्जा भएको प्रमाणित भएको छ । सोमवार खाडाचक्र ४ ताडी दलित टोलका ६ जनाको घाँटीको पानी ल्याब परीक्षणको लागि काठमाडौस्थित राष्टिय प्रयोगशालामा पठाइएकोमा सबैमा भाइरल इन्फ्लुएन्जा भेटिएको हो । ५ दिनअघि खाडाचक्र ४ एउटै गाउँबाट ६ वटा नमुना पठाइएकोमा सबैमा भाइरल इन्फ्लुएन्जा देखिएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताउनुभयो ।
पूरा पढ्नुहोस्