Stories By 'दुर्गालाल केसी '
दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल सञ्चालनका लागि फेरि प्रयास शुरु भएको छ । पछिल्लोपटक गत पुस १९ देखि समिट एयरलाइन्सले जहाज उडाउन शुरु गरेपनि अन्तमा भाडा बढेको र ईन्धन डिपो नभएको कारण देखाउँदै पाँच महिनापछि बन्द गरेको थियो । फेरि जहाज उडाउने दबाबका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई बोलाएर आज विमानस्थलमै कार्यक्रम गरिएको छ ।
पूरा पढ्नुहोस्
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई आज दाङको देउखुरी जिल्ला अदालत पेश गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा तुलसीपुरमा बम विस्फोट गराएको मुद्दामा उनलाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । विश्वकर्मालाई शुक्रबार भोजपुरबाट दाङ ल्याइएको थियो ।
पूरा पढ्नुहोस्
नेपाल गुणस्तर तथा नाप तौल विभागले दाङको घोराही सिमेण्ट उद्योगबाट उत्पादित ओपीसी र पीपीसी सगरमाथा सिमेन्ट मापदण्ड अनुसार ठीक रहेको जनाएको छ । उद्योगबाट उत्पादित सिमेन्ट गुणस्तरहिन भेटिएको भन्दै बर्दिया जिल्ला प्रशासनले पत्र लेखेपछि साउन १६ र १७ गते उत्पादन गरिएको ओपीसी र पीपीसी सिमेन्ण्टको नमूना परीक्षणका लागि काठमाण्डौ लगिएको थियो ।
पूरा पढ्नुहोस्
बोक्सी आरोपमा सासूको हत्या गरेको अभियोगमा प्रहरीले दाङमा एक महिलालाई पक्राउ गरेको छ । ६९ वर्षीया सासू खोपी रावतलाई दाङबाट सल्यान लगेर हत्या गरेको अभियोगमा दंगिशरण गाउँपालिका ३ की ४० वर्षीया बुहारी टंकी रावतलाई पक्राउ गरिएको ईलाका प्रहरी तुलसीपुरले जनाएको छ ।
पूरा पढ्नुहोस्
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै विद्यार्थीहरुले आज तुलसीपुरमा प्रदर्शन गरेका छन् । तुलसीपुरस्थित ज्ञानदीप कलेज र ज्ञानज्योति माविका विद्यार्थीहरुले ‘हत्यारालाई कारबाही गर्, बलात्कारीलाई फाँसी दे’ लगाएतका नारा लेखिएका प्लेकार्डसहित बजार परिक्रमा गरेका थिए ।
पूरा पढ्नुहोस्
करेण्ट लागेर दाङमा आज एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ११ उरहरीस्थित अमर माविका कार्यरत कार्यालय सहयोगी ४५ वर्षीय जोगिलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्