Stories By 'देवनारायण साह'
मुलुकको पहिलो औद्योगिक नगरी विराटनगर हो । यहाँका उद्योगी व्यवसायीहरुले नजिकका आर्थिक हैसियत कमजोर भएका साथी तथा पेसा व्यवसायमा बेला बखत काम लाग्ने व्यक्तिहरुलाई बोलाएर दशैं खर्च बाँडिरहेका छन् । विराटनगरमा दशैंको रौनक छाएको छ ।
पूरा पढ्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी नेकपा मोरङले कार्यदल बनाएर स्थानीय तहको पार्टी एकताको प्रक्रिया थालेको छ । पार्टीका प्रदेश अध्यक्ष वेदराज घिमिरे र सह–इन्चार्ज सावित्रीकुमार काफ्लेको उपस्थितिमा बसेको बैठकले पार्टीको स्थानीय तहमा एकताका लागि तत्कालिन एमाले र माओवादी पार्टीका इन्चार्ज, अध्यक्ष र सचिव सम्मिलित कार्यदल गठन गरेको हो ।
पूरा पढ्नुहोस्
प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा दशैंको अवसर पारेर फाउण्टेन इको पार्क सर्वसाधारणका लागि खुल्ला गरिएको छ । विराटनगर महानगरपालिकाभित्र कतै घुम्ने रमणीय स्थल नभएको अबस्था यो पार्कमा महानगरबासीले आइतबारदेखि रमाउन थालेका छन् ।
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसको नेता तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले विधान मस्यौदामा सामूहिक नेतृत्व प्रणालीको व्यवस्था गरिनुपर्ने बताउनु भएको छ । मोरङको विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा उहाँले सभापतिलाई मजबुत बनाउन पार्टीको प्रस्तावित विधान मस्यौदामा गरेको प्रस्ताव उपयुक्त नभएकोले सामूहिक नेतृत्व प्रणालीको व्यवस्था हुनुपर्ने बताउनु भएको हो ।
पूरा पढ्नुहोस्
भारतको बथनाहाबाट विराटनगरसम्म एक महिनाभित्र रेल आउने भएको छ । नेपालको रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतको बथनाहादेखि कटहरीसम्मको १८ दशमलव ६ सय १ किलोमिटरमध्ये ७ दशमलव ६ किलोमिटर रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।
पूरा पढ्नुहोस्
प्रदेश १ का स्थानीय तहका जनप्रतिनिधिले प्रदेश सरकारसँग कुनै समन्वय र सहकार्य हुन नसकेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरले आज आयोजना गरेको प्रदेश समन्वय परिषदको प्रथम बैठकमा सहभागी जनप्रतिनिधिले समन्वयको अभाव औंल्याएका हुन् ।
पूरा पढ्नुहोस्
प्रदेश १ को प्रदेश समन्वय परिषदको प्रथम बैठक बुधबार विराटनगरमा सुरु भएको छ । बैठकको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री राईले देश र जनताप्रति इमानदार भएर विकास र समृद्धिको चाहना पूरा गर्न प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्ने संवैधानिक वयवस्था अनुसार प्रथम बैठक बसेको बताउनुभयो ।
पूरा पढ्नुहोस्