Author

नगेन्द्र अधिकारी

    Stories By 'नगेन्द्र अधिकारी'
    प्रदेश तीनको प्रदेशसभा बैठकमा सांसदहरुले विभिन्न जिल्लामा बाढी र पहिरोको कारण जनधनको क्षति भएको घटनामा सरकारको उपस्थित नभएको भन्दै चर्को आलोचना गरेका छन् । अस्थायी मुकाम हेटौंडामा मंगलबारको प्रदेशसभा बैठकमा सत्तापक्ष र विपक्षी दुबै तर्फका सांसदले एक महिनासम्म पनि प्रदेश सरकारले राहत दिन नसकेको भन्दै आलोचना गरेका हुन् ।
    पूरा पढ्नुहोस्
    प्रदेश ३ सरकार (कार्यपालिका) ले व्यवस्थापिका (प्रदेश सभा) को अधिकार कूण्ठित गर्न खोजेको भन्दै प्रदेश सभामा प्रतिपक्षी दलले त्यसको विरोध गरेका छन् । प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ऐन, कानून बनाउने प्रदेश सभाको अधिकार समेत कार्यपालिकाले खोस्न खोजेको भन्दै प्रमुख विपक्षी कांग्रेस, विवेकशील साझा पार्टी, नेमकिपा, राप्रपा र राप्रपा (प्रजातान्त्रिक) ले विधेयक फिर्ता लिन अनुरोध गरेका हुन् ।
    पूरा पढ्नुहोस्
    प्रदेश ३ को प्रदेशसभा बैठक २५ दिन पछि आज बस्दैछ । राजधानी सम्भ्याव्यता अध्ययन समिति बनाउने सभाको निर्णयविरुद्ध उच्च अदालत पाटनको हेटौंडास्थित इजलासमा रिट दायर भएपछि गत साउन ३ गते स्थगित गरिएको बैठक आजका लागि बोलाइएको हो । आजको बैठकमा राजधानीबारेको प्रतिवेदन भने पेश नहुने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो ।
    पूरा पढ्नुहोस्
    प्रदेश ३ सरकारले छ महिनाको अवधिमा गरेको कामबाट मात्रै ‘पूर्ण सन्तुष्ट’ हुने अवस्था नरहेको निष्कर्ष निकालेको छ । हालसम्मका कामको समीक्षा गर्न आयोजित मन्त्रिपरिषद् बैठकले ‘सन्तोषजनक’ मात्रै रहेको समीक्षा गरेको हो । बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले पूर्ण रुपमा सन्तुष्ट नभएपनि असन्तुष्ट हुने ठाउँ नभएको बताउनुभयो ।
    पूरा पढ्नुहोस्
    टिपरको ठक्करबाट बनेपामा एक जनाको मृत्यु भएको विषयलाई लिएर अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ । दुर्घटना पछि स्थानीयले अवरुद्ध गरेको राजमार्ग प्रहरीले बल प्रयोग गरेर खुलाएको हो । मृतकका आफन्त र स्थानीयले टायर बालेर भकुण्डेवेशी स्थित राजमार्गमा प्रदर्शन गरेपछि अवरुद्ध राजमार्ग ३ घण्टा पछि खुलेको हो ।
    पूरा पढ्नुहोस्
    केन्द्रमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विषयमा सत्तारुढ र प्रतिपक्षी दलवीच विवाद चुलिएका बेला सोही विधेयकलाई लिएर प्रदेश ३ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले आफुहरुका माग सम्वोधन नभएसम्म प्रदेश सभा बैठक चल्न नदिने अडान लिएपछि प्रदेश सभा बैठक अनिश्चित बनेको हो ।
    पूरा पढ्नुहोस्