Stories By 'नवीन पौडेल'
संविधान दिवसका दिनलाई कालो दिन भन्दै विरोध प्रदर्शन गर्ने २० जनालाई प्रहरीले पश्चिम नवलपरासीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले स्वतन्त्र मधेश गठबन्धनका २० जना कार्यकर्ताहरुलाई पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्
पश्चिम नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगर घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सम्पुर्ण सूचक पार गरेर आज एक कायक्रमका बीच प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले बालमैत्री स्थानीय तह घोषणा गर्नु भएको हो ।
पूरा पढ्नुहोस्
कर वृद्धिको विरोधमा पश्चिम नवलपरासीको सदरमुकाम परासीका व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् । साना व्यवसायीहरुले थेग्नै नसक्ने गरी रामग्राम नगरपालिकाले कर बढाएको भन्दै साप्ताहिक हाट बजार व्यवसायी संघले जुलुस प्रदर्शन गरेको हो । वृद्धि गरिएको कर तत्काल फिर्ता गर्न उनीहरुले माग गरेका हुन् ।
पूरा पढ्नुहोस्
पूर्व पश्चिम राजमार्ग अन्र्तगत पूर्वी नवलपरासीको विनयी त्रिवेणी १ मा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । लु १ च ९७५९ नम्बरको जिपले लु २० प ५१७ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्
अविरल वर्षाका कारण पश्चिम नवलपरासीको विभिन्न स्थान डुबानमा परेका छन् । बर्दघाटको धनेवा, सरावलको जनकपुर, प्रतापपुर क्षेत्रमा डुबान हुँदा जनजीवन प्रभावित बनेको हो । पानीको निकास नहुँदा अधिकांश बस्ती डुबानमा परेका हुन् ।
पूरा पढ्नुहोस्
पश्चिम नवलपरासीको बर्दघाटमा आज भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् । बर्दघाट त्रिवेणी सडक खण्डमा विपरीत दिशा बाट आईरहेको लु ३७ प र लु १० प ४४३५ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किंदा तीन जनाको मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्