Stories By 'नारायण शर्मा '
नवलपरासीको दुम्कौलीमा रहेको शाश्वतधाममा २० लाखले अवलोकन गरेका छन् । सर्वसाधारणका लागि खुल्ला गरिएको २० महिनाको अवधिमा २० लाख भक्तजन शाश्वतधाममा पुगेका हुन् । सरकारले सन २०१८ मा वेस्ट टुरिष्ट डेस्टिनेशनका रूपमा शाश्वतधामलाई अवार्ड दिइसकेको छ ।
पूरा पढ्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ढिलै भएपनि सरकारले गति लिएको बताउनुभएको छ । हालै सार्वजनिक सामाजिक सुरक्षा योजनाको उदाहरण दिदंै अध्यक्ष दाहालले यो सरकारले सबैले अनुभूति गर्ने काम गरेको र त्यो कोसेढुंगा साबित भएको दावी गर्नुभयो ।
पूरा पढ्नुहोस्
नवलपरासीमा सम्पन्न राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ललितपुरको च्यासल युथ क्लबले उचालेको छ । नवलपरासीको कोल्हुवामा बिहीबार सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई ट्राईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै च्यासलले उपाधि कब्जा गरेको हो ।
पूरा पढ्नुहोस्
हेडलाइट बत्ती नबाली गाडी हुँक्याएका कारण महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला नजिकैको जंगलमा बस दुर्घटनामा परेको खुलेको छ । सुनसरीको इटहरीबाट भैरहवाका लागि जाँदै गरेको बस नवलपरासीको अरुणखोला नजिक जंगलमा पल्टिदा ६ जनाको मृत्यु भएको थियो ।
पूरा पढ्नुहोस्
नवलपरासीको–गैंडाकोटको एक घरमा कौडा खेल्दै गरेका १५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । गैंडाकोट नगरपालिका १ स्थित ब्रिटिस क्याम्प नजिकै रहेको एक जीर्ण घरमा जुवा खेलिरहेका उनीहरुलाई सोमबार बिहान पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
पूरा पढ्नुहोस्
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको बाहुनीकुनामा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ४५ जना घाइते छन् । सुनसरीको इटहरीबाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै र एकको उपचारका क्रममा मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा यात्रुबहाक बस पल्टिदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । धरानवाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरको रात्री बस सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार ५१ घाइते भएका छन् ।
पूरा पढ्नुहोस्