३ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्दै तेस्रो दमौली महोत्सव सकिएको छ । उद्योग वाणिज्य संघ दमौली बजार इकाईको आयोजनामा आयोजित दमौली महोत्सवमा १ लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए । दुई सय स्टल रहेको महोत्सवमा कृषि, घरेलु हस्तकला एवं व्यावसायिक प्रदर्शनी, रमाइलो मेला, बालउद्यान, खुला लोकदोहोरी गीत र विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसँगै खानाका परिकारहरू रहेका थिए ।
पूरा पढ्नुहोस्