Stories By 'प्रताप रानामगर'
करेन्ट लागेर तनहुँमा एक जनाको मृत्यु भएको छ । अप्टिकल फाईबरको काम गर्ने क्रममा करेन्ट लागेर लमजुङ सुन्दर बजार घर भइ हाल तनहुँ भानु १ मा बस्र्दै आएका २१ वर्षीय गौरव कुमालको मृत्यु भएको हो । बन्दिपुर १ चिसापानीमा अप्टिकल फाईबरको काम गर्दैगर्दा करेन्ट लागेर घाइते कुमालको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पूरा पढ्नुहोस्
सेवा प्रवाहमा भौगलिक कठिनाइ भएपछि तनहुँको भानु नगरपालिका ५ को वडा समितिले दुईवटा कार्यालय सञ्चालनमा ल्याएको छ । उच्च भेगका लागि गरमभञ्ज्याङ र बेंसीका लागि सेपा बगैंचामा कार्यालय राखिएको वडाध्यक्ष प्रकाश मल्लले बताउनुभयो ।
पूरा पढ्नुहोस्
जुम्मामा १८ दिन देखि अनसनरत रहेका डा. गोविन्द केसीको जीवन रक्षाको माग राख्र्दै तनहुँको दमौलीमा मंगलबार प्रर्दशन गरिएको छ । डेमोक्रेटिक युथ एलायन्स नेपालले डा. केसीको सर्मथनमा प्रर्दशन गरेको हो । दमौलीको अनसन चौतारीबाट निकालिएको र्‍याली सफासडक हुँर्दै मुख्यचोकमा पुगी कोण सभामा परिणत भएको थियो ।
पूरा पढ्नुहोस्
आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । भानुजयन्तीको अवसरमा राजधानीसहित उहाँको जन्मस्थल तनहुँ लगायत जिल्लामा विशेष कार्यक्रमको आयोजना गरिएका छन् ।
पूरा पढ्नुहोस्
प्रदेश ४ को नाम गण्डकी प्रदेश राखिएको भन्दै तमुवान–मगरात संघर्ष समितिले तनहुँमा विरोध प्रर्दशन गरेका छन् । गण्डकी प्रदेश नामकरणको विषयमा असहमति जनाउंदै तमुवान–मगरात संघर्ष समिति तनहुँले दमौलीमा विरोध प्रर्दशन गरेका हुन् । गण्डकी प्रदेशको खारेज माग गर्दै सघर्ष समितिले विरोध स्वरुप सिठ्ठी जुलुश निकालेको छन् ।
पूरा पढ्नुहोस्
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी १ बरादीमा आज एकै साथ तीन वटा सवारी आपसमा ठोक्किदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा तनहुँ आबुखैरेनी ४ का २६ बर्षीय दिलबहादुर थापा, पर्वत कुश्मा ९ की ३ बर्षीया बालिका ममता लामिछाने, ३५ बर्षीय कमल लामिछाने, र तनहुँ आबुखैरेनी गाउँपालिका अन्दाजी ३५ बर्षीय नुन बहादुर खवासको मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्
पृथ्वीराजमार्ग पर्ने आबुखैरेनी १ बरादीमा मंगलबार एकै साथ तीन वटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तनहुँ आबुखैरेनी ४ बस्ने २६ वर्षीय दिलबहादुर थापाको मृत्यु भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताउनुभयो । यात्रुबाहक बस, भ्यान र मोटर साइकल एक आपसमा ठोक्किँदा ६ यात्रु घाइते भएका छन् ।
पूरा पढ्नुहोस्