Stories By 'प्रताप विष्ट'
सरकारी स्वामित्वमा रहेको हेटौडा सिमेन्ट उद्योगले प्रतिबोरा सय रुपैयाँ भन्दा बढी मुल्य वृद्धि गरेको छ । उद्योगको संचालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १ सय ३ रुपैयाँ ३५ पैसा मुल्यवृद्धि गरेको छ ।
पूरा पढ्नुहोस्
निर्माण कार्यको अन्तिम चरणमा पुगेको कुलेखानी - ३ को सिभिल वर्कको जिम्मा लिएको सिनो हाईड्रो कम्पनीले एक सातादेखि निर्माण कार्य रोकेको छ । नेपाल विद्युत प्राधिकरणबाट क्षतिपुर्तिको रकम माग गर्दै कुलेखानी—३ को निर्माण कार्य ठप्प पारेको छ ।
पूरा पढ्नुहोस्
सरकारले कुलेखानी टेलरेस र बागमती नदीको पानीलाई पिउने पानीका रुपमा प्रयोग गर्न सकिने सम्भाव्यता बारे अध्ययन सुरु गरेको छ । खानेपानी तथा ढल निकास विभाग पानीपोखरी काठमाण्डौले पूर्व पश्चिम राजमार्गको तराई मधेश क्षेत्रमा पिउने पानी सहज रुपमा उपलब्ध गराउने उद्देश्यले प्राविधिकबाट सम्भाव्यता अध्ययन सुरु गरेको हो ।
पूरा पढ्नुहोस्
मकवानपुरको पश्चिमी क्षेत्रका स्थानीयबासीले बाहिरी जिल्लाका बासिन्दालाई मौरी चराउन ल्याउन रोक लगाएका छन् । स्थानीयबासीले प्रसस्तै मौरीको घार राखेकाले बाहिरका मौरीपालक कृषकहरुलाई मौरी चराउनमा रोक लगाएका हुन् ।
पूरा पढ्नुहोस्
निर्वाचनमा बदर मतको न्यूनिकरण गर्नेे उद्देश्यले जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जिल्लाको दुर्गम गाउँमा नमुना मतदान कार्य शुरु गरेको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले मकवानपुरगढी गाउँपालिका—८ बुढीचौरमा स्थानीयबासी जम्मा पारेर नमुनाको मतदान कार्य गरेको छ ।
पूरा पढ्नुहोस्
उद्योग मन्त्रालयले देशभरका लघु उद्यमीको लगत अनलाइनमार्फत अद्यावधिक गर्ने भएको छ । लघुउद्यमीको विस्तृत विवरण अद्यावधिक गर्ने तयारी स्वरुप लघुउद्यम विकास कार्यक्रमको देशभर रहेका ८ वटा क्षेत्रीय कार्यालयका सूचना तथा प्रविधि शाखाका अधिकारीलाई हेटौंडामा आजदेखि आयोजना गरिएको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्दघाटन गर्दै उद्योग सचिव यमकुमारी खतिवडाले यस्तो बताउनु भएको हो ।
पूरा पढ्नुहोस्