Stories By 'प्रतिक्षा काफ्ले '
सुली मिसाउँदा आँधीखोलामा प्रदुषण हुनुका साथै १३ टन माछासहितका जलचर मारिएको घटनामा जिल्ला प्रशासन स्याङजाले खिलुङ कालिका एग्रो फर्मलाई ४५ सय जरिवाना र २० लाख रूपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । घटनाको पाँच महिनापछि जिल्ला प्रशासन कार्यालयले जलचर ऐन २०१७ को दफाअनुसार जरिवानाको कारबाही गरिएको जनाएको हो ।
पूरा पढ्नुहोस्
कर्तब्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई स्याङजा प्रहरीले ४२ बर्षपछि आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या मुद्दाका अभियुक्त स्याङजा चापाकोट नगरपालिका–८ बगैंचाका ६५ बर्षिय देवीबहादुर घर्तीलाई रत्नपुरस्थित इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्
गाउँ तिर गए पनि गोबर मल फालेकै छु । बजार तिरै बसे पनि दाना पानी हालेकै छु । दिन रात हिउँद वर्षा आँधी हुरी झेल्दै झेल्दै, हार जित सुख दुख पाईलाहरू चालेकै छु ।।
पूरा पढ्नुहोस्
पर्यटकको जलयात्रा (र्‍याफ्टिङ) मा मोह बढ्दै जाँदा स्याङजाको पहिचानको रुपमा रहेको आधीँखोला नदीको संरक्षण र पर्यटन प्रवर्धनको लागि पारिवारिक जलयात्रा गरिएको छ । वण्डरफुल वालिङ्को पहलमा पुतलीबजार नगरपालिका ११ हेलुदेखि भिरकोट हुँदै वालिङ् नगरपालिकाको बायटारी सम्म जलयात्रा (र्‍याफ्टिङ) गरिएको हो ।
पूरा पढ्नुहोस्
जिल्लाकै पुरानो सदरमुकाममा अवस्थित नगरपालिका पुतलीबजारले आफ्नो पहिचान खोजेको छ । नगर कार्यपालिकाले केही दिन अगाडि आयोजना गरेको नीति तथा कार्यक्रमको अवसरमा नगरबासीले नगरको पहिचानबारे प्रश्न गरेका थिए । वालिङ नगरले स्र्माट सिटीको पहिचान सहित अगाडि बढेको उदाहरण दिंदै नगरबासीले जिल्लाकै पुरानो र सदरमुकाममा अवस्थित नगरको पहिचान आवश्यक रहेको बताएका थिए ।
पूरा पढ्नुहोस्
स्याङजाको बिरुवा गाउँपालिका कार्यालयमा शिक्षा अधिकृतका लागि छुट्टै कक्ष बनाएको लामो समय बितिसक्यो । स्थानीय तहमा आउने विषयगत कार्यालय अन्तर्गत शिक्षा कार्यालय पनि एक हो । शिक्षा कार्यालय अन्तर्गत प्रत्येक स्थानीय तहमा एक जना शिक्षा अधिकृत खटाइनुपर्छ ।
पूरा पढ्नुहोस्