Stories By 'प्रतीक्षा काफ्ले'
सुन्तलाको पहिचान बोकेको स्याङ्जामा चालू आर्थिक वर्षमा करीब ४७ करोडको सुन्तला उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार गत वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो ।
पूरा पढ्नुहोस्
स्याङ्जाको पुतलीबजार नगरपालिका–४ स्थित भित्रि सडकखण्डको स्तरोन्नति गरिएको छ । पुलतीखेत– उनियाँचौर सडक अन्तर्गत ठूलीबेसी–उनियाँचौर खण्डको स्तरोन्नति गरिएको हो । ०६५/६६ सालमा ट्रयाक खोलिएको यस सडकको २ किलोमिटर लम्बाई र ८ मिटर चौडाई कायम हुने गरी मर्मत कार्य थालिएको वडा नम्बर ४ का वडाध्यक्ष ओमबहादुर खड्काले बताउनुभयो ।
पूरा पढ्नुहोस्
कालीगण्डकी करिडोर अन्तर्गत दुई जिल्ला जोड्ने मोटरेवल पुल निर्माण हुने भएको छ । बहुचर्चित उत्तर - दक्षिण जोड्ने कालीगण्डकी करिडोर स्याङ्जाको मिर्मी, पर्वतको मालढुङ्गा सडक अन्तर्गत मिर्मीस्थित आँधिखोलामा माटरेवल पुल बन्ने निर्माण हुने भएको हो ।
पूरा पढ्नुहोस्
नेपालकै पहिलो ग्रामीण पर्यटकीय होमस्टे सिरुवारी पुग्ने मोटरेबल पुलको निर्माण कार्य सुरु भएको छ । पुल निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भएको करीब तीन वर्ष पुग्ने बेलामा पुलको निर्माण थालिएको हो । सम्पन्न भएर २७ महिना पहिले नै हस्तान्तरण गर्नुपर्ने भएतापनि हालसम्म २० प्रतिशत बाहेक अरु कार्य हुन सकेको थिएन ।
पूरा पढ्नुहोस्
स्याङजाको स्वरेकमा सम्पन्न नेपाल पाराग्लाइडिङ एक्युरेसी वर्ल्डकपको उपाधि दक्षिण कोरियाले हात पारेको छ । छैटौं राउण्डसम्म चलेको स्पर्धामा कोरियाका तीन जना पाराग्लाइडरहरुले आफूलाई शीर्ष तीनमा उभ्याए ।
पूरा पढ्नुहोस्
स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक खेल मैदानमा नेपालमै पहिलो पटक पाराग्लाइडिङ विश्वकप बिहीबादेखि सुरु भएको छ । नेपाल पाराग्लाइडिङ तथा ह्रयान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लबको संयुक्त आयोजनामा खेल सञ्चालन भएको हो ।
पूरा पढ्नुहोस्