Author

Stories By 'प्रशान्त माली'
मुलुकको सबैभन्दा लामो रातो मत्स्येन्द्रनाथको रथ जात्रा शुरु भएको छ । रथलाई पुल्चोकबाट बाजागाजाका साथ जात्रा गर्दै तानेर पाटन गा: बहाल पुर्‍याइएको छ । टंगल टोलमा बनाइएको जट्टाधारी लोकेश्वर नामबाट प्रसिद्ध मीननाथको रथ पनि तानेर गा: बहाल पुर्‍याइएको छ ।
पूरा पढ्नुहोस्
प्रदेश – ३ को राष्ट्रिय सभाका लागि मतदान सकिएको छ । दिउासो तीन बजेसम्म मतदानको समय तोकिएको भएपनि सबै ३४८ मतदाताले दिउासो २ बजेसम्ममै मत खसाएका थिए । प्रदेश ३ मा राष्ट्रिय सभाको ८ जना सदस्यका लागि १४ जना उम्मेदवर छन् । मतदाता भने प्रदेशसभाका ११० सांसद र स्थानीय तहको २३८ जना प्रतिनिधि थिए ।
पूरा पढ्नुहोस्
ललितपुरमा नयाँ कुमारी चयन गरिएको छ । ललितपुरकी ५ वर्षीया निहिरा बज्राचार्यलाई कुमारी छानिएको हो । अहिले युनिका बज्राचार्य कुमारी छिन् । ललितपुरको हखाबहालमा रहेको रत्नाकर महाबिहारमा सोमबार छनोट टोलीले बज्राचार्यलाई नयाँ कुमारीका रुपमा चयन गरेको ललितपुर तलेजुका पूजारी निरन राजोपाध्यायले बताउनुभयो ।
पूरा पढ्नुहोस्
नेवा: पत्रकार राष्ट्रिय दबूले पाटनमा मुलुकभर रहेका मातृ भाषाबाट प्रकाशित हुने पत्रपत्रिकाको महोत्सव आयोजना गरेको छ । स्टलमा नेपाल भाषा, तामाङ, वाम्बुले राई, लिम्बु, तमू, वान्तवा भाषाबाट प्रकाशित हुने पत्रपत्रिकाको प्रर्दशनीमा राखिएको थियो ।
पूरा पढ्नुहोस्
ललितपुरको ठेचोस्थित मन्दिरबाट ब्रम्हायणी देवीको ऐतिहासिक मूर्ती चोरी भएको छ । मन्दिरको तेस्रो तलामा राखिएको सो मूर्ती गएराती चोरी भएको हो । गोदाबरी नगरपालिका वडा नम्बर १२ ठेचोको तल्लो लाठी टोलस्थित भूकम्पले क्षतिग्रस्त सो मन्दिर पुनर्निर्माणको क्रममा रहेकाले पुरातात्विक एवं ऐतिहासिक महत्वको सो मूर्तीलाई मन्दिर नजिकैको सतलमा राखिएको थियो ।
पूरा पढ्नुहोस्
ललितपुरको लगनखेल नजिकै आज दिउँसो करिब ३ बजे बम विस्फोट भएको छ । वाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिले आयोजना गरेको चुनावी सभालाई लक्षित गरी बम विस्फोट गराइएको हो । विस्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्