Stories By 'प्रिन्स गौतम'
सुन तस्करी तथा सनम शाक्य हत्यामा मुख्य आरोपित गोरे भनिने चुडामणि उप्रेतीका सहयोगी राम तिवारीको पनि संलग्नता भेटिएको छ । तिवारीलाई पनि संगठित अपराध मुद्दा चलाउन सरकारले गठन गरेको बिशेष अनुसन्धान समितिले आज जिल्ला प्रहरी कार्यालय मोरङ पठाएको छ ।
पूरा पढ्नुहोस्
समयमा काम नसक्ने निर्माण व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले दिएको निर्देशनप्रति भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आपत्ति जनाउनुभएको छ । सिंहदरवारस्थित मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले सरकारले अबदेखि व्यवसायीलाई पक्राउ नगर्ने बताउनुभएको हो ।
पूरा पढ्नुहोस्
चार हजार किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त चेतनाथ भण्डारीले काठमाडौंमा सञ्चालन गरेको रेष्टुरेन्ट बाजेको सेकुवा कर्नरमा प्रहरीले आज छापा मारेको छ । सरकारले गठन गरेको छानविन समितिको नेतृत्वमा पुगेको प्रहरी टोलीले राजधानीका विभिन्न स्थानमा भण्डारीले सञ्चालन गरेका ६ वटा रेष्टुरेन्टमा छापा मारेर शिलबन्दी गरिएको समितिका एक सदस्यले जानकारी दिए ।
पूरा पढ्नुहोस्
सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरे सहित चारजनालाई सम्पति शुद्धिकरण सम्बन्धमा अनुसन्धान गर्न काठमाडौ ल्याइएको छ ।
पूरा पढ्नुहोस्
- ४ हजार किलो सुन तस्करी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको गृहमन्त्री रामबहादुर थापाले बताउनुभएको छ । आफ्नो सय दिने काम बारे जानकारी दिन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सुन तस्करीको अनुसन्धान निष्कर्षमा पुग्दै गर्दा ठुला माछाहरु छट्पटाईरहेको बताउनुभयो ।
पूरा पढ्नुहोस्
इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको अनलाइन बेटिङ (सट्टेबाजी ) गरेको आरोपमा प्रहरीले राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी तथा प्रशिक्षक अन्जन केसी सहित ६ जनालाई पक्राउ गरेको छ । फुटबलमा म्याच फिक्सिङको आरोप लागेका केसी सहित काठमाडौका गौरव तिवारी, नुवाकोटका दिनेश बोगटी, भक्तपुरका नगेन्द्र सुवाल, विजय श्रेष्ठ र काभ्रेका भुपेन्द कुवँर राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका हुन् ।
पूरा पढ्नुहोस्
संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल घोषणा गरेको एक दशक पुरा भएको छ । दुई सय ३८ वर्ष लामो शाहवंशीय राजपरम्पराको अन्त्यको घोषणा भएको दिनको सम्झनालाई प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रुपमा मनाइदै आएको छ ।
पूरा पढ्नुहोस्