Stories By 'बसन्तप्रताप सिंह'
पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले बझाङको सदरमुकाम चैनपुरमा अर्धनग्न जुलुस प्रर्दशन गरेको छ । देशमा पेट्रोलियम पदार्थको मूल्य हप्तै पिच्छे सरकारले बढाउन थालेको भन्दै एक हप्ता देखि आन्दोलन गरी रहेको नेविसंघले आन्दोलनको स्वरुप परिवर्तन गर्दै विरोध गरेको हो ।
पूरा पढ्नुहोस्
बझाङको छविस पाथीभेरा गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भाँडेबगर बजारबाट ब्यासी तर्फ जाँदै गरेको जिपमा सवार छविस पाथीभेरा गाउँपालिका ४ डाँडागाउँका ४५ वर्षीय विरेन्द्र बहादुर सिहं र ३८ वर्षीया जला देवी सिहंको मृत्यु भएको हो । उनीनहरु पति पत्नि हुन् ।
पूरा पढ्नुहोस्
बझाङमा गएराती बर्षासँगै आएको बाढीमा परेर एकै परिवारमा २ सहित ३ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता भएका छन् । गएराती स्थानीय ढोड्या खेत बजारबाट घर फर्कने क्रममा गाउँको बीचमा भएर बग्ने गुहे खोलामा आएको बाढीले बगाउँदा थलारा गाउँपालिका ४ का २८ बर्षका हर्क विक, उनकी श्रीमती २५ बर्षीया डल्लीदेवी विक र सोही गाउँकी ३५ बर्षीया कलसा विकको मृत्यू भएको छ ।
पूरा पढ्नुहोस्
यार्सा संकलन गरिरहेको बेला आएको हिमपहिरोमा परि बझाङमा एक जना संकलकको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ साइपाल गाउँपालिका वडा नं ३ का भिकु बोहरा रहेका छन् । आइतबार साँझ सोही गाउँपालिकाको फरालखेत क्षेत्रमा यार्सा संकलन गरिरहेका बेला हिमपहिरोमा परि बोहरा घाइते भएका थिए ।
पूरा पढ्नुहोस्
चरेस ओसार पसारमा प्रहरीले कडाई गर्न थाले पछि तस्करहरले नयाँ तरिका अपनाउन थालिएको छ । शनिबार राती मकै र कोदोको बोरा भित्र लुकाएर लैजाँदै गरेको अवस्थामा ११ किलो चरेस सहित १ जनालाई प्रहरीले बझाङबाट पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट झोताले बसको सुरक्षा जाँच गर्ने क्रममा बसको पछाडिको डिक्गीमा राखेको मकै र कोदोको बोरामा लुकाएर ल्याएको अवस्थामा चरेस बरामद गरेको थियो ।
पूरा पढ्नुहोस्
एसईइ परीक्षा सुरु हुन केही दिन मात्र बाँकी रहेको बेला बझाङमा लोडसेडिङको समस्याले विद्यार्थी समस्यामा परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका र आसपासका करीब ३ हजार घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराई रहेको सुर्मा देवी विद्युत् प्रालिले एसइईको मुखमा लोडसेटिङ अवधि बढाएपछि एसईइ परीक्षाको तयारीमा रहेका विद्यार्थी समस्यामा परेका हुन् ।
पूरा पढ्नुहोस्