Stories By 'बिमल खतिवडा'
लगातारको बर्षाले खसेको पहिरोका कारण हिजो साँझदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुल्न सकेको छैन । सो सडकखण्ड अन्तर्गतका कालीखोला, मुग्लिनको मुख, चारकिलो भालुढुङ्गा, जलबिरे र चोरखोला लगायतका स्थानमा पहिरो खसेपछि हिजैबाट सडक अवरुद्ध छ ।
पूरा पढ्नुहोस्

चितवन डायरी

बिमल खतिवडा, श्रावण २५, २०७४
चितवनका विकट वस्तीमा बसोबास गर्दै आएका लालपुर्जा विहिन भूकम्प पीडित चेपाङ समुदायले अहिलेसम्म घर बनाउन राहत रकम पाउन सकेका छैनन् । भूकम्पले घर भत्किएर लामो समयदेखि राहतको पर्खाइमा रहेकाहरु अहिले निराश बनेका छन् । घर नहुँदा ओडार, बाख्राको खोरमा बस्नु पर्ने बाध्यता छ । बर्षात सुरुभएदेखि पहिरोको जोखिम बढ्दा समस्या थप कष्टकर बनेको छ । जग्गाको लालपुर्जा नहुँदा घर बनाउन राहत रकम नपाएको पीडित मणिलाल चेपाङले बताउनुभयो ।
पूरा पढ्नुहोस्
बिभिन्न १० ठाउँमा झरेको पहिरो पन्छ्याएपछि नारायणगढ मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो खसेपछि सो सडक खण्ड बुधबार साँझदेखि अवरुद्ध थियो । लोडर, एक्जाभेटर, सुरक्षाकर्मी, सडक आयोजनाको संयुक्त पहलमा सडक आज दिउँसो सवा २ बजे बाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
च्यातिएका मतपत्रको लगत संकलनका लागि मूख्य निर्वाचन अधिकृतको कार्यालयले भरतपुर महानगरपालिकाको मतगणनास्थलमा लगाएको ताला खोलेको छ । निर्वाचन आयोगले च्यातिएका मतपत्रको संख्या पठाउन निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज ताला खोलेको हो ।
पूरा पढ्नुहोस्
निर्वाचनमा मतदातालाई आवतजावत गर्न सहज बनाउन मुग्लिन नारायणगढ सडकखण्डमा आजबाट सवारी साधन निर्वाध सञ्चालन हुने भएको छ । विस्तारका क्रममा रहेको सडक दैनिक विहान १० देखि ४ बजे सम्म बन्द गरिदै आएको थियो ।
पूरा पढ्नुहोस्
निर्वाचनमा मतदातालाई आवतजावत गर्न सहज बनाउन मुग्लिन नारायणगढ सडकखण्डमा आगामी सोमवारबाट सवारी साधन निर्वाध सञ्चालन हुने भएको छ । विस्तारका क्रममा रहेको सडक दैनिक विहान १० देखि ४ बजे सम्म बन्द गरिदैं आएको छ ।
पूरा पढ्नुहोस्