Stories By 'भीमबहादुर सिंह'
नेपाल दरुण दल जाजरकोटले आज निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । तरुण दलले शनिबार काठमाडौंको माइतीघरमा भएको धरपकड विरुद्ध जिल्ला प्रशासन कार्यालयको प्राङ्गनमा प्रर्दशन तथा धर्ना कार्यक्रम गरेको हो । तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको अलोकतान्त्रिक शैली विरुद्ध प्रर्दशन र धर्ना कार्यक्रम गरेको हो ।
पूरा पढ्नुहोस्
जाजरकोटको नलगाड नगरपालिकामा जंगली च्याउ खाएपछि एकै घरका चार जना सिकिस्त बिरामी परेका छन् । जंगलबाट टिपेर ल्याएको च्याउको पकाएर खाँदा नलगाड ७, चामाखेतकी ९५ वर्षीया कमला नेपाली, ६५ वर्षीया मुना नेपाली, ३० वर्षीया तिला नेपाली र २० वर्षीया विपना नेपाली सिकिस्त बिरामी परेका हुन् ।
पूरा पढ्नुहोस्
जिल्ला प्राविधिक कार्यालय जाजरकोटका कार्यालय प्रमुख इन्जिनियर घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतको टोलीले जिल्ला प्राविधिक कार्यालय जाजरकोटका कार्यालय प्रमुख इन्जिनियर अन्जय कुमार देवलाई ८० हजार घुस रकम सहित पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्
जाजरकोटको शिवालय गाउँपालिका १, छेडाबजारबाट लागू औषध चरेस सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेत सिम्ता गाउँपालिका ६ का ४० वर्षीय राजु कामीलाई ३ किलो २ सय ग्राम लागू औषध चरेस सहित प्रहरीले पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्
जाजरकोटका रैथाने कला संस्कृतिको काठमाण्डौंमा प्रर्दशन हुने भएको छ । काठमाण्डौंमा बसेर विभिन्न क्षेत्रमा काम गर्दै आएका जाजरकोटका युवाहरुको सकृयतामा उक्त कला संस्कृति प्रर्दशनी हुने भएको हो । कला संस्कृति प्रर्दशनीका लागि प्रथम राष्ट्रिय मुल समारोह समिति गठन भएको छ । मुल समारोह समितिको आयोजनामा राष्ट्रिय सभा गृह काठमाण्डौंमा आगामी २१ गते जाजरकोटका ऐतिहासिक कला संस्कृतिको प्रर्दशनी हुने भएको हो ।
पूरा पढ्नुहोस्
प्रहरीले ९ थान बन्दुक सहित २ जनालाई बझाङबाट पक्राउ गरेको छ । जुनीचाँदे गाउँपालिका ११, कोर्ताङ्गका चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर सो हतियार सहित पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको घरबाट ३ थान एकनाले भरुवा बन्दुक, १ थान दुई नाले भरुवा बन्दुक, २ थान बाह्रबोर, ३ थान एयर गन, ३१ राउन्ड गोली र विभिन्न विस्फोटक पदार्थ बरामद गरेको प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताउनुभयो ।
पूरा पढ्नुहोस्