Stories By 'भुषण यादव'
सीमावर्ती रक्सौलस्थित भारतीय आयल निगम(आइओसी) बाट नेपाल आयात हुने इन्धनमा पानी र लेदो फेला परेको छ । पेट्रोल पम्प व्यवसायीको गुनासोमा स्थानीय प्रशासनले आज रक्सौल डिप्पोबाट पेट्रोल र डिजेल लोड गरि भित्रिएका ट्यांकर जाँच गर्दा पेट्रोलियम पदार्थसँगै पानी र लेदो भेटिएको हो । नेपालमा प्रयोग हुने कूल इन्धनको करिब ६० प्रतिशत यही नाकाबाट भित्रिने गरेको छ ।
पूरा पढ्नुहोस्
पर्सा तेक्वान्दो संघको आयोजनामा आजदेखि नेपाल भारत तेक्वान्दो प्रतियोगिता वीरगन्जमा सुरु भएको छ । प्रतियोगितामा भारतको दार्जिलिङ, कालिङपोङ, विहार, असाम र नेपालको सातवटै प्रदेश, सेना, सशस्त्र प्रहरीका खेलाडी सहभागी छन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा एक सय ४० जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
पूरा पढ्नुहोस्