Stories By 'मोहन बुढाऐर'
कञ्चनपुरकी बालिकाको बलात्कार र हत्या काण्डका दोषी पत्ता लगाउन माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि प्रर्दशन गरेका छन् । नेपाल विद्यार्थी संघ, महिला संघ लगायतका कार्यकर्ताले ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्दै नारा लगाएका थिए ।
पूरा पढ्नुहोस्
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिकाको लागि न्याय माग्दै धनगढीमा प्रर्दशन भएको छ । धनगढीमा स्वतन्त्र नागरिक समाजले सुदूरपश्चिम प्रदेशको मुख्य कार्यालय अगाडि प्रर्दशन तथा मुख्य बजारमा गुड्ने सवारी साधन र भित्तिमा पोष्टर टाँसेका छन् ।
पूरा पढ्नुहोस्
डडेल्धुरा रडुवा र दार्चुलाको मालिकार्जुनमा भएको दुर्घटनाका घाईतेलाई सरकारले नेपाली सेनाको हलिकप्टर द्धारा नेपालगञ्ज र काठमाण्डौं ल्याइएको छ । प्रदेश सरकारको पहलमा नेपाली सेनाको हेलिकप्टरले दार्चुलाको ७ जना र डडेल्धुरा दुर्घटनाका १ जनालाई उद्धार गरि काठमाण्डौ ल्याइएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यलय अत्तरिया एसपी केदार रजौरेले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
धनगढी उप–महानगरपालिकाको वडा नम्वर ४ उत्तरबेहडीमा प्रदेश प्रमुखको कार्यालय अगाडी एक युवकको हत्या भएको छ । धनगढी ४ का २५ बर्षिय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसले सरकारको विरोधमा देश ब्यापी रुपमा आयोजना गरेको विरोध सभा प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा पनि गर्‍यो । सत्ताबाट बाहिएपछि प्रदेश– ७ को प्रमुख शहरमा पहिलो पल्ट सडकमा पहिलो पल्ट ठूलो जनमानस सडकमा उर्लिएको हो । धनगढीको चौराहाबाट शुरु भएको काग्रेस समर्थकहरुको विरोध जुलुसले करीब एक किलोमिटर लामो सडक ढाक्ने प्रर्दशन गरेको छ ।
पूरा पढ्नुहोस्
सार्वजनिक यातायात सञ्चालनमा अवरोध पुर्‍याएको आरोपमा कर्णाली रिभर यातायात समितिका अध्यक्ष धिरज बहादुर शाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कर्णाली रिभरको धनगढी कार्यालयबाट अपराह्न ३ बजे उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख बिनोद शर्माले बताउनुभयो ।
पूरा पढ्नुहोस्