Stories By 'रमेशकुमार पौडेल '
चितवनको नारायणगढ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिहीबार बिहान आँप बोकेको भारतीय ट्रकमा तोडफोड भएको छ । बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालका अनुसार बिहान सवा तीन बजे तिर ट्रकमा तोडफोड भएको हो ।
पूरा पढ्नुहोस्
सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै चितवन मेडिकल कलेज सीएमसीका विद्यार्थीले मंगलबार भरतपुरमा विरोध र्‍याली गरेका छन् । एमबीबीएस पढ्दा आफूहरुसँगै सरकारले तोके भन्दा बढी शुल्क असुलेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
पूरा पढ्नुहोस्
विश्वकप क्रिकेटको विभिन्न खेलमा जित हार हुने देशलाई आधार बनाएर सट्टेबाजी गरेको आरोपमा चितवन प्रहरीले एक जनलाई पक्राउ गरेको छ । सट्टेबाजीको आरोपमा नवलपरासी प्रतापपुर गाउँपालिका–८ घर भई भरतपुर–३ बेलचोकमा डेरा गरी बस्ने मुकेशकुमार साहलाई तीन लाख ४५ हजार रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्
नारायणगढको नारायणी नदी किनारको बालुवामा सम्पन्न पुरुषहरुको राष्ट्रिय बिच (समुन्द्री किनारको बालुवा) कबड्डी प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्बलले जितेको छ । नेपालमा पहिलो पटक भएको बिच कबड्डीमा शनिबार भएको फाइनल खेलमा वर्षा बाधक हुँदा गोलाप्रथाबाट विजेताको टुंगो लगाउनु पर्‍यो । आठ टिम सहभागी प्रतियोगितामा सेमिफाइनलमा पुगेका चार टिमबीच गोला प्रथा गरिएको थियो ।
पूरा पढ्नुहोस्
तीन थान भरुवा बन्दुक सहित तीन जनालाई चितवनबाट प्रहरीले पक्राउ गरेको छ । गोली लागेर एक जना घाइते भएको घटनापछि उनीहरु पक्राउ परेका हुन् । चितवन जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएपी दुर्गाराज रेग्मीले घाइतेको काठमाडौंमा उपचार भइरहेको जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
छोरीलाई बलात्कार गरेको आरोप लागेका एक जना व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पूर्वी चितवन खैरहनीकी एकजना युवतीले आफू पिताबाटै पटक पटक बलात्कृत भएको भन्दै सोमबार प्रहरीमा उजुरी दिएकी थिइन् ।
पूरा पढ्नुहोस्