Stories By 'रमेश कुमार पौडेल'
बिरामी बोक्ने एम्बुलेन्सको अवस्था अनुगमन गर्न जाँदा चितवनमा चालकहरुले विवाद गरेर एम्बुलेन्स सेवा नै बन्द गरेका छन् । चितवन जिल्ला जनस्वास्थ्य कार्यालयको नेतृत्वमा आज पाँच सदस्यीय टोलीले अनुगमन गरेको थियो ।
पूरा पढ्नुहोस्
पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर १२ औं चितवन महोत्सव सुरु भएको छ । महोत्सवको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाले आज उद्घाटन गर्नुभयो । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई मध्य नजर गर्दै जिल्लामा छरिएर रहेका पर्यटकीय गन्तव्यको पहिचान गरी महोत्सव मार्फत प्रचारप्रसार गरिने आयोजक उद्योग वाणिज्य संघ चितवनले जनाएको छ ।
पूरा पढ्नुहोस्
भरतपुरस्थित नारायणी नदी किनारमा आज चितवन महोत्सव सुरु हुँदैछ । माघ चार गतेसम्म सञ्चालन हुने महोत्सबको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ । चितवन उद्योग वाणिज्य संघले चितवन जिल्ला समन्वय समिति र भरतपुर महानगरपालिकाको सहकार्यमा महोत्सव गर्दै आएको छ । 
पूरा पढ्नुहोस्
चितवनमा गत बुधबार जंगली हात्तीको आक्रमणबाट दुईजना महिला मृत्यु भएपछि आन्दोलित माडीवासी र प्रशासनबीच आठ बुँदे सहमति भएको छ । गएराती सहमति भएपछि विरोधका कार्यक्रम फिर्ता भएको र शव पोष्टमार्टमा लागि लगिएको माडी नगरपालिकाका मेयर ठाकुर ढकालले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो भन्ने स्थानमा खसेको पहिरोका कारण गएराति देखि सो सडक अवरुद्ध भएको छ । चार किलोमा ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक राति एक बजेदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयो ।
पूरा पढ्नुहोस्
नेपाल सरकारले चीनलाई उपहार दिने एक जोडी गैंडालाई चितवनबाट बिदाई गरिएको छ । एक महिना अघि एक जोडी गैडा उपहार दिईसकेको नेपालले पुन: अर्को जोडी गंैडा उपहार दिन लागेको हो । अहिले उपहार दिने पोथी गैंडाको नाम मितिनी र भालेको सोल्टी राखिएको छ ।
पूरा पढ्नुहोस्