Stories By 'राजबहादुर शाही'
माध्यामिक शिक्षा परीक्षा एसइई सञ्चालनको लागि मुगुमा ७ वटा केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालन समितिको बैठकले खत्याड गाउँपालिकाको गम्था र लुई सोरु गाउँपालिकाको विजय मावि कालै र भवानी मावि पुरुमुरु छायाँनाथ रारा नगरपालिकाको टोप्ला र महाकाली उच्च माविमा दुई वटा परीक्षा केन्द्र सँचालन गर्ने निर्णय गरेको छ ।
पूरा पढ्नुहोस्
मुगु सदरमुकाम गमगढीस्थित नेपाल खाद्य संस्थानको गोदाम रित्तिएको छ । सडक अवरुद्ध भएका कारण सुर्खेत, नेपालगञ्ज र बर्दिया राजापुरबाट सरकारी अनुदानको चामल ढुवानी नभएपछि गोदाम खाली भएको हो ।
पूरा पढ्नुहोस्
मुगुको दुई वटा सीमा विवादको समस्या समाधान गर्न मुस्किल भएको छ । संघीय संरचना कार्यान्वयन भएपछि यस जिल्लाको हुम्लाको चंखेली र जुम्ला घुच्चीलेक डाबको सीमा विवाद भने बल्झिँदै गएको छ । सीमा विवादका कारण छिमेकी जिल्लाको एक आपसको वैवाहिक सम्बन्ध टुटेर तिक्तता उत्पन्न भएको छ ।
पूरा पढ्नुहोस्
- मुगुका विभिन्न स्थानमा मदिरा निषेध गरेसँगै महिला हिंसामा उल्लेख्य कमी आएको छ । गत मंसिर १ गतेबाट छायाँनाथ रारा नगरपालिका, सोरु, खत्याड र मुग मकार्मारोङ्ग गाउँपालिकालाई मदिरा निषेध गरेपछि महिला हिंसामा कमी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  गतबर्ष ८ वटा महिला हिंसाका मुद्दा दर्ता भएकोमा  यो बर्ष ३ वटा मात्र महिला हिंसाका मुद्दा दर्ता भएको निमित्त प्रहरी निरिक्षक लालबहादुर ऐरले बताउनुभयो ।
पूरा पढ्नुहोस्
भारी हिमपातका कारण हुम्ला – कर्णाली नदीको बाहव घटेको छ । हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडान ६ को लिमीबाट पानी नआए पछि हुम्ला – कर्णाली नदीको बाहव घटेको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
मुगुमा बाक्लो हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको मुगम कार्मारोङ्ग गाउँपालिकास्थित उत्तरी तिब्बत सीमा क्षेत्रमा पर्ने मुगु गाउँमा चार फिट हिउँ जमेपछि जनजीवन कष्टकर बनेको छ ।
पूरा पढ्नुहोस्