Stories By 'राजेन्द्र मानन्धर'
टेलिफोनबाट धम्की आएपछि दोलखाका विद्यालयहरु बन्द भएका छन् । धम्की दिएको र बन्द गाराउन दवाव दिंदै हिँडेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकर्ता श्याम पाख्रिन पक्राउ परेका छन् । सदरमुकाम चरिकोटस्थित विद्यालयहरुलाई मंगलबार बन्द गराउन फोनबाट दवाव आएको एक शिक्षकले बताएका छन् ।
पूरा पढ्नुहोस्
दोलखाको शैलुङ गाउँपालिकाले गर्भवतीलाई पौष्टिक तत्व पूर्ति गर्न खुकुराको अण्डा नि: शुल्क वितरण शुरु गरेको छ । एक वर्षमा सो गाउँपालिकामा करीब चार सय जना गर्भवती हुने अनुमान छ । जाँच गराउँन स्वास्थ्य केन्द्र आएका बेला गर्भवतीले दैनिक एउटा अण्डा खान पुग्ने गरी अण्डा लिएर जान सक्छन् । गाउँपालिका अध्यक्ष भरत दुलालले गर्भवतीले नियमित जाँच गरुन र पोषण पनि पुगोस भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
पूरा पढ्नुहोस्
गएराति परेको भीषण वर्षापछि दोलखाको बिगु गाउँपालिकास्थित बुलुङखानीमा पहिरोले घर पुरिएर घाइते भएका एक दम्पतिको हेलिकप्टर मार्फत उद्वार गरिएको छ । स्थानीय श्यामबहादुर श्रेष्ठ र उनकी श्रीमती दलमाया श्रेष्ठलाई हेलिकप्टर मार्फत उद्वार गरिएको हो ।
पूरा पढ्नुहोस्
दोलखाको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर बाँडफाड सुरु भएको छ । उर्जामन्त्री बर्षमान पुनले चरिकोटमा आज दुर्गम गाउँका बासिन्दालाई सेयर आवेदन फारम वितरण गर्दै अभियानको शुभारम्भ गर्नुभएको हो । मन्त्री पुनले तामाकोसी आयोजनाले संकलन गर्न लागेको १० प्रतिशत सेयर प्रकृयालाई प्राकृतिक स्रोतमा जनताका अधिकारको कार्यान्वयको रुपमा व्याख्या गर्नुभयो ।
पूरा पढ्नुहोस्
सीमान्तकृत थामी समुदायको भाषा, संस्कृति र उत्थानका निम्ति पत्रकारिताका माध्यामबाट सहयोग पुर्‍याए बापत कान्तिपुरकर्मी राजेन्द्र मानन्धर सम्मानित भएका छन् । नेपाल थामी समाजले दोलखाको चरिकोटमा शनिबार पाँच हजार नगद सहित उनलाई सम्मान गरिएको हो ।
पूरा पढ्नुहोस्
दोलखाको चरिकोटदेखि लामो साँघुसम्मको सडक हुँदै जान सकेको भए मंगलबार एक जनाले ज्यान गुमाउने थिएन होला । सडक चौडा बनाउने नाममा वर्षौसम्म भत्काएर छाडिएको ५५ किलोमिटर सो सडकमा साना सवारी चल्न नसकेकाले वैकल्पिक बाटो रामेछाप र खुर्कोट हुँदै काठमाडौं जाने क्रममा जिप दुर्घटना भयो ।
पूरा पढ्नुहोस्