Stories By 'राज बहादुर शाही '
मुगुमा यो वर्ष असार तेश्रो साता सम्म करीब ७५ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको तुलनामा यो वर्ष समयमै वर्षात हुँदा किसानले ७५ प्रतिशत धान रोपाइँ गरेको कृषि शाखा कार्यालय मुगुले जनाएको छ । जिल्लाको खत्याड गाउँपालिकाको गम्था, श्रीकोट, रोल, सेरी, चिमाढुग्री लगायत क्षेत्रमा ७५ प्रतिशत रोपाइँ सकिएको हो ।
पूरा पढ्नुहोस्
अत्यधिक गर्मी बढेपछि मुगुका सामुदायिक विद्यालयले बिहान कक्षा सञ्चालन गरेका छन् । गर्मीका कारण जिल्लामा विद्यार्थीहरु बिरामी हुन थालेपछि सबै सामुदायिक विद्यालयले बिहान ६ देखि ११ बजे सम्म कक्षा सञ्चालन गरेका छन् ।
पूरा पढ्नुहोस्
मुगुको उत्कृष्ट पर्यटकीय गन्तब्य रारामा करीब १५ हजार आन्तरिक पर्यटकले भ्रमण गरेका छन् । गत बैशाख देखि चैत दोश्रो साता सम्म १५ हजारले आन्तरिक पर्यटकले रारा भ्रमण गरिसकेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
हिमपात र बर्षातका कारण हुम्लाको सिमकोट जोडने कर्णाली करिडोर सडक निर्माण कार्य प्रभावित भएको छ । लगातारको बर्षातले गर्दा नेपाली सेनाले निर्माण गर्दै गरेको सडक खण्डको बिभिन्न स्थानमा पहिरो जाँदा फेरि खन्नु पर्ने अवस्था आएको छ ।
पूरा पढ्नुहोस्
भारी हिमपातका कारण मुगुको एक मात्र रारा विमानस्थलको हवाई सेवा दुई दिन देखि अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । धावनमार्गमा हिउँ जमेर मौसम पनि अनुकुल नहुँदा दुई दिनदेखि सुर्खेत, नेपालगञ्ज देखि जहाज उडान नभएको रारा हवाई नागरिक उड्ययन कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
पहिलो पटक प्रदेश स्तरीय ह्वील चियर बास्केट बल प्रतियोगिता मुगुको गमगढीमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति र बोधी सत्व इन एक्सनले आयोजना गरेको उक्त खेल प्रतियोगिताको लागि सातै प्रदेशबाट बास्केट बलका ३२ जना खेलाडीहरु गमगढी आएका छन् ।
पूरा पढ्नुहोस्