Stories By 'रेडियो कान्तिपुर'
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा न्यायको आज लोकापर्ण गरिएको छ । शिक्षाविद् केदारभक्त माथेमा र त्रि.वि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले राजधानीमा एक कार्यक्रमका बीच न्यायको विमोचन गर्नुभयो ।
पूरा पढ्नुहोस्
मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यमा ल्याइएको सिमेन्ट निजी पसलमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको खानेपानी मन्त्रालयले जनाएको छ । खानेपानी मन्त्री विना मगरका स्वकीय अधिकृत विजयदेव भट्टराईले विज्ञप्ति जारी गर्दै अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणको लागि ल्याइएको ३ सय ४० बोरा सिमेन्ट मिलेमतो गरी निजी पसलमा बिक्री गर्न राखिएको प्रति मन्त्रालय गम्भीर रहेको जनाएको हो ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिनुभएको छ । वाम नेतृ साहाना प्रधानको चौंथो स्मृतिसभालाई आज पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो ।
पूरा पढ्नुहोस्
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न दशैंका लागि सवारी साधनको अग्रिम टिकट बुकिङ तत्काल खुल्ला नगर्ने निर्णय गरेको छ । महासंघको आज बसेको बैठकले आफ्नो माग पूरा गर्न सरकार उदासिन रहेको भन्दै अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा नविन कुमार घिमिरे नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २३८ को उपधारा (२) बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा घिमिरेलेलाई नियुक्त गर्नुभएको हो ।
पूरा पढ्नुहोस्
शेयर कारोबार हुने साताको अन्तिम दिन आज बजार परिसूचक नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । नेप्से आज ३ दशमलव ७४ अंकले घटेर १ हजार २ सय ५५ दशमलव ७ अंकमा पुगेको छ । नेप्सेमा कारोबार भएका १० कम्पनी समूह मध्ये ७ वटा कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजार प्रभावित बन्यो ।
पूरा पढ्नुहोस्
शसस्त्र प्रहरीको एपीएफ, गिताञ्जली कलेज र ढोरपाटन क्लब राजधानीमा जारी पाँचौ खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । ढोरपाटन क्लबको भलिबल कोर्टमा भएको क्वार्टरफाइनलमा ढोरपाटनले थ्री स्टार एकेडेमीलाई ३–२ को सेटमा पराजित गर्‍यो ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको सभापतिका लागि १० जनाले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता लागि दिइएको ५ बजेसम्मको समयसीमामा सबै समितिमा एकल उम्मेदवारी परेको संघीय संसद सचिवालयले जनाएको छ ।
पूरा पढ्नुहोस्